काठमाडौं । भारत भ्रमणमा गएका १० नेपालीहरुको ज्यान गएको छ । दक्षिण भारतमा रहेको तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरी इटहरीका १० जनाको दुर्घटनामा मृत्यु भएको छ । माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्रामा गएका उनीहरुको बुधबार राति दुर्घटनामा मृत्यु भएको जानकारी दिइएको छ । दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा दुर्घटना भएको हो ।

को१ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किदा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । केहीको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको उपचारको क्रममा ज्यान गएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार इटहरी उपमहानगरपालिका वडा १०, ११, १२ साविक खनार र दुहबी ८ का गरी दश जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ७० वर्षीय रसिलाल चौधरी, ७० वर्षीय वीरबहादुर राई, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीय गोपाल तामाङ, ६५ वर्षीय टीकाराम चौधरी, ६५ वर्षीया मञ्जु राई रहेका छन्।

त्यस्तै, रसिलालका पिता पवनलाल चौधरी, फूलसरीका पिता भजनलाल चौधरी र बुधनी चौधरीका श्रीमान केदार चौधरीको मृत्यु भएको छ। यद्यपि, उनीहरुको उमेर भने खुल्न बाँकी रहेको छ। टोलीमा ३४ जना रहको प्रहरीले जनाएको छ।

सम्बन्धित खबरहरु