काठमाडौं । पर्वतको विहादी गाउँपालिका– ३ रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण शुरु भएको छ । रु दुई करोड ५० लाखको लागत अनुमान रहेको सो आयोजनाको शुक्रबारदेखि निर्माण शुरु भएको हो । गण्डकी प्रदेश सरकारले रु साढे दुई करोड बजेट विनियोजन गरेको जनाइएको छ ।

विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले यहाँका बासिन्दा अब खानेपानीको समस्याबाट मुक्त हुने र समयमै काम सम्पन्न गराउनको लागि स्थानीयवासीसमेत क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । खानेपानीको विद्युत् महशुल गाउँकार्यपालिकाबाटै भुक्तानी हुने गरी व्यवस्था मिलाउने तयारी गरेको जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

रानीपानीको भाटीचौर, साउथर, कुमालगाउँ, पस्यारलगायतका ठाउँका १५० भन्दा बढी बासिन्दा आयोजनाबाट लाभान्वित हुने वडा नं ३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिनुभयो ।

आयोजनाको काम शुरु भएसँगै स्थानीयवासी निकै हर्षित भएका छन् । रानीपानीमा अर्को बृहत् अरेबा लिफ्ट खानेपानी आयोजनाको कामसमेत शुरु हुँदैछ । यी दुई खानेपानी आयोजना सञ्चालन भएपछि वर्षौंदेखिको खानेपानीको समस्या बाट पूर्ण मुक्त हुनेछ ।

सम्बन्धित खबरहरु