समाजसेवी ज्वाला संग्रौलाको अपिल : मेरो फेशबुकमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा बिश्वभरबाट जोडिनु भएका सबै नेपाली मनहरुप्रति हार्दिक नमस्कार ! हालै पत्रकारिता जगतमा लामो समयसम्म देशलाई योगदान दिँदै आउनु भएका संचारकर्मी आदरणीय Kamal Poudel सर blood cancer जस्तो प्राणघातक रोगसँग लडिरहनु भएकोले वहाँको जीबन रक्षाको लागि सानो आर्थिक सहयोग अभियान सुरु गरेकी छु! २५ बर्षभन्दा बढि लामो समय पत्रकारिता गरेर देशलाई सहि सुचना प्रबाह गर्ने पत्रकार आज ब्लड क्यान्सर सँग जुधिरहँदा देशको सरकार बेख़बर छ! कस्ले देख्छ र यहाँ जनताको पीडा,?नेतालाई पो टाउको दुख्दा सिंगापुर उड्ने सुबिधा छ त! यस्तो अवस्थामा हामी नागरिकले नै एकले अर्कोलाई नबचाएर बचाउने को छ हामीलाई ?

मलाई बिश्वास गरि यो पटक पनि अन्य अभियान हरुमा जस्तै धेरै सहयोगी मनहरु सहयोग गर्छौं भनेर जोडिइसक्नु भएको छ! मैले आजसम्म चलाएका हरेक अभियान हरुमा ज़िम्मेवारी निभाएर र पुरापुर पारदर्शी गरेकै कारण फेरिपनि मलाई बिश्वास गरी जोडिनु भएका सबै सहयोगी दाताहरुलाई नमन गर्न चाहन्छु! यो अभियान मैले न त आफ्नो लागि पैसा जम्मा गरेर घरघडेरी जोडेर धनी बन्न नै गरेको हुँ, न त चर्चित बन्न , न त समाजसेवी बन्न नै! दुखमा परेको एक नेपाली छोरालाई साथीहरुको सहयोग लिएर भएपनि जीबन दिन सकिन्छ कि भनेर अपिल गरेकी हुँ! यस बीचमा केहि सामाजिक अभियन्ता साथीहरुबाटै छेडछाडका स्टाटसहरु आएका रहेछन्! जो चर्चित छ मिडियामा, त्यस्लाई मात्र पैसा उठाएर सहयोग गरिन्छ भन्ने जस्ता स्टाटस हरु बजार्ने अनि अर्काको पैसाले हिरो भएका भनेर बोल्नेहरु कसरी सच्चा दिलका समाजसेवी हुन् सक्छन् ? यो मेरो प्रस्न हो, साथै गिर्दै गरेको समाजसेवीहरुको सोचप्रति आपती पनि हो!

एक असल समाजसेवा गर्नेले न त अरुले गरेको कामलाई औंला उठाउँछ, न त छेडछाड नै गर्छ, ऊ काम गर्छ त बस् निःस्वार्थ भएर गर्छ ! मैले आजसम्म कसैले चलाएको अभियानप्रति प्रस्न उठाएको छैन र उठाउँदिन पनि ! चाहे मिडियामा आएको होस् चाहे नआएको होस् , पीडित पीडित नै हुन्छ! भोलि हामी चन्दा उठाएर चर्चित भएका मध्य ल कसैलाई घातक रोग लाग्यो भने त्यो त चर्चित हो , यस्लाई किन सहयोग गर्नु भन्ने भावना सहयोगी हरुको मनमा आयो भने के हुन्छ? अर्को कुरो फ़ेसबुक सन्जाल अलि फराकिलो हुनेहरुको सहयोगी पोस्टहरु यसै पनि धेरैतिर पुग्छन्! र चर्चा यतिकै पन हुन्छ! अनि यस्तो कुरालाई पनि issue बनाएर औंला उठाउने हो भने तपांई मानविय सिँढीको सबैभन्दा नीच खुड्किलोमा अड्किनु हुनेछ! सक्नेले हौसला दिने हो, प्रेरणा दिने हो तर अन्टसन्ट लेखेर भँडास पोख्ने हैन नि !

 

अनि अहिले मैले जुन अभियान चलाएको छु, वहाँ आफैं मीडियाकर्मी भएर पनि वहाँको रोगबारे कतैपनि मिडियामा भाईरल बनेर चर्चा छैन ! कति साथीहरुले त मेरो पोस्टबाटै जानकारी पाउनु भो! Even वहाँको बिरामी भएर अस्पताल को बेडमा सुतेको फोटो सुद्द छैन भने वहाँ कसरी भाईरल हो? कि मैले अभियान चलाएर भाईरल भन्देको समाजसेवी साथीहरु? हेर्नुस म तपाईँहरु जस्तो बरिस्ठ कनिस्ठ समाजसेवी हैन, कसैको दुखको सानो सहयात्री मात्र हुँ! कृपया समाजसेवा के हो राम्ररी अध्ययन गरेर मात्र आफ्ना अभिव्यक्ति हरु राख्नु होला..! यो बेला कमल सरको पुरै शरिरलाई ताज़ा रगतको अभाव छ, वहाँको जीबन रक्षाको लागि सकेको सहयोग गरिदिनु होला ! बाँकी के सहि के ग़लत बिस्तारै छलफल गरौंला! धन्यबाद ! जय स्वाभिमान !

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु