काठमाडौ । राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेका नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो। यसअघि मनोनित अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिँदै छ।

एमसीसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न शनिबार दिउँसो बोलाइएको पार्टी सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा लैजाने समझदारी बनेको छ। डेढ वर्षको कसरतपछि गौतम ‘मनोनित सांसद’का रूपमा संसद् प्रवेश गर्न तयार भएका हुन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।

 

‘वामदेव गौतम कमरेडलाई राष्ट्रिय सभामा लैजाने सहमति बनेको छ। औपचारिक निर्णय हुन बाँकी छ। कानुनी प्रक्रिया पूरा गरेपछि औपचारिक निर्णय हुन्छ,’ नेकपा सचिवालयका एक सदस्यले भने । यद्यपी संविधान संशोधन गरेर राष्ट्रिय सभाको सदस्य समेत प्रधानमन्त्री बन्ने ब्यवस्था भने परिवर्तन नहुने भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु