काठमाडौं । लोक सेवा आयोगले भर्खरै नतिजा प्रकाशनको सूचना प्रकाशित गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आ.प्र., प्रशासन तथा लेखापरीक्षण सेवा, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।

 

लेखापरीक्षण सेवा, प्रशासन सेवा, सरकारी वकिल समूह, न्याय सेवाको नतिजा तल अपलोड गरिएको छ । यस्तै कार्यालयले आ.प्र., न्याय सेवा, सरकारी वकिल समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरहको लिखित नतिजा सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ ।

 

लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुलाई अन्तर्वार्ता तथा अन्य कार्यक्रमका लागि तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित हुनका लागि आयोगले अनुरोध गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु