काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन पोखरा कार्यालयले जनचेतना अभियान २०२० को अवसरमा ‘आयोडिन महिना २०२०’ अन्तर्गत गोरखाको बारपाकमा सचेतना कार्यक्रम गरेको छ । गर्भवती महिलाको शरीरमा आयोडिनको मात्रा कम भएमा गर्भ खेर जाने, मृत शिशु जन्मिने र बौद्धिक अपाङ्गता भएको बच्चा जन्मिनेलगायतका प्रचार सामग्रीसहित सचेतना कार्यक्रम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

सो अवसरमा हिमालय माध्यमिक विद्यालय बारपाकमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई आयोडिनयुक्त नुन, टिसर्ट, सपिङ झोला, पर्चा पम्लेटसहितका सामग्री प्रदान गरिएको थियो । सामग्री वितरण गर्दै साल्ट टे«डिङ कर्पोरेशन पोखराका प्रमुख सुरेश राजभण्डारीले आयोडिनयुक्त नुन दैनिकरुपमा सेवन गर्नुपर्ने बताउँदै शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्ने बताउनुभएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

केन्द्रको कार्यक्रमअनुसार देशका सबै विकट गाउँमा यस प्रकारको कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत विद्यार्थीले बारपाक वरपर सचेतनामूलक प्लेकार्डसहित यसको उपयोगिताबारे जानकारी गराएका थिए ।

उक्त अवसरमा औद्योगिक क्षेत्र व्यवस्थापन समिति पोखरा प्रमुख भुषण उपाध्याय, विद्यालयका प्रधानाध्यापक जैनबहादुर घले, मिडिया नेपाल गण्डकी प्रदेश अध्यक्ष सूर्य बाँस्तोलालगायतले आयोडिनयुक्त नुनले स्वास्थ्यमा पु¥याउने फाइदामाथि चर्चा गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु