काठमाडौं । तपाई हामी प्रायः सबैसँग मोबाइल छ । तर आफूले प्रयोग गरेकै भरमा त्यो मोवाइल आफ्नै नाममा हुन्छ भन्ने छैन ।कतिपय मोवाइल अरुबाट पनि लिएर हामीले प्रयोग गरिरहेका हुन्छौ । ती मानिसहरुको नियत नै खराब थिएछ भने त्यसैकारण फसिने सम्भावना पनि उत्तिकै हुन्छ ।यस्तो अवस्थामा तपाई आफूले चलाइरहेको मोबाइल कसको नाममा छ भन्ने थाहा पाउन यस्ता तरिका अपनाउन सक्नुहुन्छ ।

 

मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस । कल फरवार्ड गर्न *2198xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्नुहोस । कल फरवार्ड Cancel गर्न ##002# डायल गर्नुहोस । Call Waiting सेवा सुचारु गर्न 43# डायल गर्नुहोस । Call Waiting सेवा Cancel गर्न #43# डायल गर्नुहोस ।

मोबाइलमा Friends and Family (FNF) सेवा सुरु गर्न पहिलो पटक FNFSUB98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस र अन्य ४ वटा नम्बर थप गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस । प्रिपेड मोबाइलबाट अर्को नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न *422SECURITY CODE98XXXXXXXXRs..# डायल गर्नुहोस । आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www.http://gsmbl.ntc.net.np/ मा login गर्नुहोस ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ) र मोबाइलको लागि PUK नम्बर राखेर हेर्न सकिन्छ ।

 

आफ्नो मोबाइल नम्बरको Security Code प्राप्त गर्न SCODE लेखेर र PUK Code प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस। पोस्टपेड मोबाइलमा ISD सुबिधा थप्न #3310000# डायल गर्नुहोस र सुबिधा हटाउन 3310000# डायल गर्नुहोस । डाटा प्याक तथा भ्वाइस प्याक सम्बन्धि नयाँ Offer थाहा पाउन *1415# डायल गर्नुहोस । Data Pack खरिद गर्न *1415*1# डायल गर्नुहोस र Voice Pack खरिद गर्न *1415*4# डायल गर्नुहोस । बाँकी डाटा र भ्वाइस प्याक थाहा पाउन *1415*5# डायल गर्नुहोस । मोबाइलमा CRBT राख्न *1455# डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार गर्नुहोस अथवा CRBT Code छ भने SUB स्पेस CRBT Code लेखेर 1455 मा SMS गर्नुहोस ।

 

मोबाइलमा CRBT हटाउन UNSUB लेखेर 1455 मा SMS गर्नुहोस अथवा *1455# डायल गर्ने * लेखेर पठाउने, अनि 8 लेखेर पठाउने अनि अन्तमा सुनिश्चित गर्न 1 लेखेर पठाउनुस। नमस्ते CREDIT सेवा सुचारु गर्न – आफै हुन्छ र नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस । Missed Call Alert (MCA) सेवा सुचारु गर्न 1400# डायल गर्नुहोस या sub mca लेखेर १४०० मा SMS गर्नुहोस Missed Call Alert (MCA) सेवा बन्द गर्न unsub mca लेखेर १४०० मा SMS गर्नुहोस । ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउन CB065XXXXXX (पुरा टे.न.)लेखेर 1415 मा SMS गर्नुहोस Due Amount भनेको तिर्नुपर्ने रकम हो Available Credit भनेको फोन गर्न मिल्ने बाँकी रकम हो

 

ADSLको अन्तिम मिति थाहा पाउन VLNTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस । ADSLको ब्यालेन्स थाहा पाउन BLNTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस ।नेपाल टेलिकमको Number Inquiry सेवाको लागि १९७ मा फोन गर्नुहोस । नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाको लागि १४९८ मा फोन गर्नुहोस ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु