अचानक छोरीको मोबाइल आमाबाबुले खोलेर हेर्दा उड्यो होस, सचेत नभए तपाईकोपनि होला बर्वाद


एजेन्सी। प्रविधिका बारेमा बेलामा नै होस् नपुर्याए एकदिन जो कोही बर्बाद हुनुपर्ने हुन्छ । किनकी जब थाहा हुन्छ । सबै कुरा वितिसकेको हुनेछ । चीनमा यस्तै भएको छ । त्यहाँ एक महिलाले नयाँ मोवाइल फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरीलाई खेलाउन दिइन् ।

 

 

त्यस बेलादेखि त्यो फोन छोरीको खेलौनाहरुको एक हिस्सा बन्यो । छोरी दिनहुँ त्यो फोन खेलाउँथिन् । आमाबाबुले छोरीले फोनमा के गर्दैछिन् भन्नेतर्फ चासो दिएका थिएनन् । ६ महिनापछि उनीहरुलाई थाहा भयो कि छोरीले फोनमा के गर्दिरहिछिन् । छोरीको कार्यले उनीहरुको होसहवास उडेको छ ।

 

घटना चीनको हुबेइ प्रान्तको जिंगझोउ सहरको हो । यहाँकी लुंग नामकी महिलाले नयाँ फोन किनेपछि पुरानो फोन ११ वर्षकी छोरीलाई खेलाउन दिएकी थिइन् । सुरुसुरुमा छोरीले यसमा गेम खेल्थिन् । फोन चालु अवस्थामा भएकोले एक दिन उनले आफ्नै फोनबाट बाहिरबाट नास्ता मगाइन् । यसको पैसा तिर्नको लागि उनले आमासँग बैंकको पिन कोड मागिन् । त्यसपछि भने उनलाई बैंकको पिन याद रहन्थ्यो ।

विस्तारै उनले पुरानो फोनमा इन्टरनेटमार्फत लाइभ स्ट्रिमिङ शो हेर्न थालिन् । यस्ता शोहरु हेर्न पैसा तिर्नुपथ्र्यो । उनले आमाबुवाको बैंक खाताको पिन नम्बर प्रयोग गरेर बैंकबाट पैसा तिर्दै शो हेर्न थालिन् । यस्ता शो हेर्न उनले मोटो रकम फोनबाटै तिर्न थालिन् । मातापिता भने यसबाट पूरै अञ्जान थिए । यतिमात्र होइन उनले फोनमै अनलाइन भिडियो गेम पनि खेल्न थालिन् । गेममापनि उनले धेरै बाजी लगाइरहिन् । यो सब गरेर उनले मातापिताको बैंक खाताबाट करिब १ सय १७ लाख रुपैयाँ खर्च गरिन् ।

 

पुरानो फोनमा पैसा तिरेको नोटिफिकेशन आउँदैनथ्यो त्यसैले मातापिताले यति ठूलो रकम खर्च भएको थाहा पाएनन् । करिब ६ महिनापछि मातापिताले आफ्नो बैंक स्टेटमेन्ट हेर्दा बल्ल खाताबाट १७ लाख रुपैयाँ बे’पत्ता भएको थाहा भयो । त्यसपछि लुंगले प्रहरीमा रिपोर्ट लेखाउँदै एक जना कानुन व्यवसायी पनि लिएका छन् ताकि यो पैसा फिर्ता पाउन सकियोस् ।

 

यससम्बन्धि विज्ञका अनुसार लुंगले यो पैसा फिर्ता पाउन सक्छिन् तर यसका लागि उनले प्रमाणित गर्नुपर्छ कि यो रकम उनकी नाबालिका छोरीले नै खर्च गरेकी हुन् । वयस्कले खर्च गरेकोमा भने यो रकम फिर्ता आउँदैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई, ११ र १२ को परिक्षाको सूचना यसरी आएको रहेछ
एसईई, ११ र १२ को परिक्षा बारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com