काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु तथा राष्ट्रिय एकताको प्रतिक भएको बताउनुभएको छ । बुटवल रामनगर ब्यारेकमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । प्रधानसेनापति थापाले भन्नुभयो, “बद्लिँदो वर्तमान परिवेशमा एकता र पहिचानका विषय विविध कारणले समयसमयमा ओझेलमा परेको जस्तो देखिन्छ, जुन राष्ट्रिय सुरक्षा, विकास र समृद्धिका बाधक हुन्, हामी सम्पूर्ण नेपाली यसप्रतिसमेत रहनैपर्छ ।”

उहाँले नेपाल एकीकरणको दौरानमा प्रयोग भएका पदमार्ग र एकीकरण अभियानसँग सम्बन्धित इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्र्धनबाट विखण्डनको विचारलाई परास्त गर्ने मात्र नभई भविष्यको पिँढीमा देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकताको विजारोपण गर्ने र ऐतिहासिक पर्यटनको विकास गर्दै राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सेवानिवृत्त सैनिकको सामाजिक पहिचान र आर्थिक विकासका लागि शिक्षा, स्वास्थ्यको पहुँच विस्तारमा जोड दिइएको बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

बलाध्यक्ष रथी गौरव तण्डुलले बहालवाला र भूतपूर्व सैनिकबीचको सम्बन्धलाई अझ कसिलो र नजिक बनाउन यस किसिमको सम्मेलन निकै उपयोगी रहने बताउनुभयो । सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत उपरथी९सेवानिवृत्त० पदमविलास कार्कीले कोषबाट सम्पादन गरिएका कामका बारेमा प्रकाश पार्नुभयो । सो अवसरमा उपरथी नरबहादुर कँडेल ९अवकाशप्राप्त० र नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका वरिष्ठ उपसभापति सहायक रथी ९अवकाशप्राप्त० केशवबहादुर भण्डारीले पनि पूर्व सैनिकले देश र जनताका लागि बगाएको रगत र पसिनाको कदर गरी सञ्चालन गरिएका विभिन्न कल्याणकारी कामबारेमा बोल्नुभएको थियो ।

सो अवसरमा प्रधानसेनापति थापाले विगतको द्वन्द्व, विभिन्न प्राकृतिक विपद्का क्रममा घाइते भएका भूतपूर्व सैनिकलाई ह्वीलचेयर र वैशाखी वितरण गर्नुका साथै सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित लघुकर्जा लिन इच्छुकलाई चेक हस्तान्तरण गर्नुभएको थियो । ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्मसम्मान तथा समृद्धिको’ आधार भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा ५ नं प्रदेशका विभिन्न जिल्लाको संस्कृति, वेशभूषा झल्किने कौरा, थारु, सोरठी, सराय नाच प्रस्तुत तथा मार्चपास र सैनिक कला प्रस्तुत गरिएको थियो । सम्मेलनमा नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, गुल्मी पाल्पा, अर्घाखाँचीका सेवानिवृत्त सैनिक र तिनका परिवारको उपस्थिति थियो । हाल नेपाली सेनामा सकल दर्जाका गरी करिब ८५ हजार सेवानिवृत्त छन् भने हितकारीको सङ्ख्या करिब आठ लाख रहेको छ ।

सम्बन्धित खबरहरु