काठमाडौं । नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधान मन्त्री सिपी मैनाली चढेको कार दुर्घटनामा परेको छ । बिहीबार दिउँसो महोतरीको बर्दीबास नगरपालिका वडा नं ३ कालापानीमा सिपी मैनाली र उनका परिवार सवार कार दुर्घटनाग्रस्त भएको हो ।

झापाबाट काठमाडौं आउँदै गरेको बा ७ च २१२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यान एकआपसमा ठोकिँक्दा दुर्घटना भएको इलाका प्रहरी कार्यलय बर्दीबासले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कारमा मैनालीका छोरा बुहारी तथा नाती पनि सवार थिए । कारमा सिपी मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पिएन् मैनाली र कार चालक रामप्रसाद पौड्याल थिए ।

सिपी मैनालीको खुट्टा भाँचिएको, निधार र अनुहारमा चोट लागेको छ । बुहारी पूजाको दुबै खुट्टा भाँचिएको र अरु सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी हस्पिटल ल्याउने तयारी भइरहेको छ । घटना सम्बन्धमा थप जानकारी आउँन सकेको छैन ।

सम्बन्धित खबरहरु