काठमाडौं । पछिल्लो समय राजनीतिक घटनाक्रम फरक मोडमा पुगेको छ । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा ओली र शेखरबीच डेढघण्टा लामो भेटवार्ता भएको जानकारी दिइएको छ ।

भेटको शुरुमै कोइरालाले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ भनेको प्रसङ्गबाट उठाएका थिए । भेटमा राष्ट्रिय राजनीति, बाँस्कोटा प्रकरण, संविधान संशोधन, नेकपाभित्रको चलिरहेको आन्तरिक कलह र कांग्रेस पार्टीका विषयमा छलफल भएको बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

शेखरले व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा कुनै पनी बेला मुलुक दुर्घट्नामा पर्न सक्ने भन्दै त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाएका थिए । भेटमा प्रधानमन्त्री ओली देशका बारेमा निकै चिन्तित देखिएको बताइएको छ । पार्टीको आसन्न महाधिवेशनमा सभापती लड्ने भन्दै देश दौडाहामा रहेका कोइराला र प्रधानमन्त्रीबीचको यो भेटघाटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित खबरहरु