काठमाडौं । रुकुम (पुर्व) को जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो सम्बन्धी ६० वटा मुद्दा दर्ता भएका र ती मध्ये ३३ फैसला भइसकेका जिल्ला अदालतका श्रेस्तेदार कुवेर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार ला'गुऔ'षध च'रेसका चार, अ'फिम र लेनदेनका दुईदुई, जबर्जस्ती क'रणीका चार, जबर्जस्ती क'रणी उद्योगमा एक, डा'काचो'रीका तीन, हा'तह'तियार खरखजना, सवारी ज्या'न, करार बदर र जग्गा किचलोका एक–एक मुद्दा दर्ता भएका छन् ।

यस आर्थिक वर्षमा मात्र अदालतमा ८० नयाँ मुद्दा दर्ता भएको र १८ मुद्दा गत वर्षका जिम्मेवारी सरेर आएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश सनतचन्द्र लवटले अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदको समस्या धेरै आएको जानकारी दिनुभयो । बुधबार आयोजित पत्रकार भेटमा उहाँले वैदेशिक रोजगार, म'दिरा सेवन, शारिरीक, मानसिक र समाजिक तनाव तथा कु'टपि'ट सम्बन्धविच्छेदका मुख्य कारण रहेको बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु