काठमाडौं । पोखरामा पछिल्लो समय विभिन्न सङ्घसंस्थाले महिलालाई उद्यमी बनाउन उद्यमशीलता उत्प्रेरणा र सीपमूलक तालिम सञ्चालन गरिरहेका छन् । यस अभियानले महिलालाई धेरै थोरै आयआर्जनमा जोड्न प्रेरित गरेको छ । यसैका उदाहरणका पात्र पोखरा महानगरपालिका–३० की पुष्पा गर्बुजा र मीनु पुन हुनुहुन्छ । लेखनाथ उद्योग वाणिज्य सङ्घले केही समयअघि प्रदान गरेको उद्यमशीलतासम्बन्धी उत्प्रेरणामूलक तालिममा सहभागी भएका पुष्पा र मीनुले तालिमपछि आफ्नो सीपलाई आयआर्जनमा उर्तान व्यावसायिक यात्रा शुरु गर्नुभएको हो ।

पुष्पा र मीनुले आफ्नै निवासमा ‘दिदीबहिनी मःम उत्पादन केन्द्र’ को स्थापना गर्नुभएको छ । “हामीसँग मःम बनाउने सीप थियो, हामीले यही सीपलाई आर्थिक उपार्जनमा जोड्नुपर्छ भनेर मःम उत्पादन गर्ने सोच बनायाँै र औपचारिक रुपबाट शुरुआत ग¥यौँ”, सञ्चालक पुष्पाले भन्नुभयो, “यो शुरुआत हो हामीले बजारको मागलाई बुझ्दै सोहीअनुरुपको उत्पादनलाई जोड दिनेछाँै ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

अहिले तयारी मःम १० देखि ५० वटासम्मको प्याकिङ मःम तयार गर्ने गरेको र १० वटा बफ मःमको रु ५० तथा कुखुराको रु ६० मा बिक्री मूल्य रहेको उहाँले बताउनुभयो । विशेषगरी घरमा मःम बनाउन झण्झटिलो हुने र सानो परिवारले खाजाका रुपमा खान छिटो–छरिटो हुने भएकाले यो तयारी मःम उपयुक्त हुने अर्का सञ्चालक मीनुले बताउनुभयो ।

शुरुआतकै समयमा मःमको माग राम्रो आउन थालेको भन्दै यसलाई दिदीबहिनी मःम उद्योगका रुपमा घरेलुमा दर्ता गरेर अघि बढ्ने सोच बनाएको उहाँको भनाइ छ । भारतीय सेनाका श्रीमती पुष्पा र मीनुले सधैँ श्रीमान्को कमाइमा मात्र बस्नुभन्दा आफ्नो सीपलाई अर्थमा रुपान्तरण गरे थप आर्थिक व्ययभार व्यवस्थापन गर्न सकिने बताउनुभयो ।

पुष्पा लालीगुराँस आमा समूहको सचिव हुनुहुन्छ भने मीनु सोही संस्थाको सदस्य हुनुहुन्छ । उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष महिला उद्यमी जानुका पराजुलीले सङ्घले उद्यमशीलतासम्बन्धी उत्प्रेरणा र सीपमूलक तालिम प्रदान गर्दै महिला दिदीबहिनीलाई आर्थिक निर्भरतातर्फ उन्मुख बनाइरहेको बताउनुभयो । यसबाट दिदीबहिनी लाभान्वित हुनुभएको छ । पछिल्लोपटक पुष्पा र मीनु पनि यसैको उदाहरण भएको उहाँको भनाइ छ ।

सम्बन्धित खबरहरु