काठमाडौं । गम्भीर अपराधमा संलग्न दम्पती पक्राउ परेका छन् । लागू औषधसहित श्रीमान् र श्रीमती मोरङमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पिचरा घर भएका २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्णा श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार राती करिब साढे १२ बजे विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लु'पिजे'सिक, ए'भिल, डा'ईजो'ल्याप नामक २ सय ६० पिस ला'गू औ'ष'ध र सि'रि'न्ज थान भेट्टाएको थियो । प्रहरीले दिएको जानकारी अनुसार उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित खबरहरु