काठमाडौँ । शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालित शिक्षक अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा प्रकाशन गर्ने कार्य मंगलबारदेखि सुरु गरेको छ । आयोगले नतिजा प्रकाशन गर्ने क्रममा बिहीबार माध्यामिक तहको कार्यालय सञ्चालन र लेखा विषयको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले यसैवर्षदेखि शिक्षक अनुमतिपत्रको परीक्षामा उत्तीर्णाङक ५० अङ्क ल्याउनुपर्ने ल्याउनुपर्ने व्यवस्था लागु गरेको थियो । कार्यालय सञ्१चालन र लेखा विषयको लिखित परीक्षामा सहभागी सङ्ख्या ३९२७ रहेकोमा जम्मा उत्तीर्ण सङ्ख्या ७७९ रहेको छ । यो नतिजा हेर्दा उत्तीर्णप्रतिशत एकदम न्यून रहेको छ ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु