काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षण स्वयंसेवकका लागि आवेदन खुलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ अभियान मार्फत स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेका युवालाई शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक शिक्षकका रुपमा खटाउने घोषणा गरेसँगै केन्द्रले सो व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आवेदन खुलाएको हो ।

 

केन्द्रले आफ्नो बेवसाइटमा राखेको स्थानीय तहमा रही कार्य गर्न इच्छुक नेपाली नागरिकहरुलाई फागुन २५ गतेभित्र आवेदन दिन सूचित गरेको छ । माघ २९ गतेको मन्त्री परिषद्ले शिक्षण स्वय्सेवक कार्यविधि, २०७६ पारित गरेसँगै उक्त कार्यक्रम लागू गर्न लागिएको हो ।

कार्यविधि अनुसार अनुसार अंग्रेजी, गणित र विज्ञान विषयका लागि स्वयम् सेवक शिक्षक खटाइने भएको छ । सामुदायिक विद्यालयका अनिवार्य तीन विषय तथा प्राविधि धारको शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।

विषयगत शिक्षक अभाव भएका सामुदायिक विद्यालय र प्राविधिक धार सञ्चालन भएका विद्यालयमा स्वयम् सेवक शिक्षकले शिक्षण गर्न पाउने कार्यविधिमा उल्लेख गरिएको छ । स्वयम् सेवक शिक्षकले साप्ताहिक २४ घण्टी पढाउनु पर्ने व्यवस्था कार्यविधिमा गरिएको छ भने सेवक शिक्षकको अन्य विद्यालयमा सरुवा नहुने भनिएको छ । केन्द्रले प्रदान गरेको शिक्षक दरबन्दीका आधारमा शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक शिक्षकले शिक्षण गर्न पाउने छन् ।


बैशाख २० गते बसेको संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ अभियान सञ्चालन गरी स्नातक युवाहरुलाई फेलोसिप सहित परिचालन गर्ने कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरिएको हो । स्वयंसेवक खटाउन सकिने स्थानीय तहहरूको नामावली

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु