काठमाण्डौ । पर्यटन भ्रमण बर्षलाई सफल बनाउने र युवाहरुलाई बिकासमा सहभागी गराउने उद्धेश्यले यहि फागून २४ गते शनिवारका दिन धादिङमा “अचनेटार गंगाजमुना सल्यानकोट म्याराथुन महोत्सब” हुने भएको छ । अचने उपभोक्ता समितिको आयोजनामा हुने महोत्सबमा भ्रमण बर्ष संबन्धी बिभिन्न बिषयमा छलफल हुने बताइएको छ ।

आयोजक समितिले पत्रकार सम्मेलन गरी म्याराथुन महोत्सबमा स्थानीय र बाह्य गरी २ सय भन्दा बढीको सहभागिता हुने बताएको छ । समितिका सस्थापक राजन अधिकारी , समितिका अध्यक्ष वीपीन अधिकारीले नागरिक स्तरबाट पनि सबै मिलेर देशका लागि काम गर्ने हो ५ बर्षमै नेपाल हरेक हिसाबले समृद्ध हुने उल्लेख गर्नुभएको छ ।

 

देशका युवाहरुलाई स्वदेशमै परिचालन गर्ने गरी प्रभाबकारी रुपमा काम भएमा युवाहरु बिदेशिनु नपर्ने कुरा पनि अधिकारीले बताउनुभएको छ । युवाहरुले नबीन कार्यका लागि एकजुट हुनुपर्ने खाचो रहेको सस्थापक अधिकारीले औल्याउनुभएको छ । म्याराथुन महोत्सबमा प्रथम हुनेलाई १ लाख , द्धितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई ५० हजार पुरस्कार प्रदान गरिने छ

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु