काठमाडौ । यमुना अधिकारीले छोरी मुना अधिकारी कार्कीलाई फोन गरिन्। ‘भोलि बिहान अल्का अस्पताल जानु छ, तिमी बिहान यतै खाना खानेगरी आउनू,’ आमाले भनिन्। ‘खाना म यतै खाएर आउँछु, अनि जाउँला अस्पताल,’ छोरी मुनाले जवाफ दिइन्, ‘तपाईंको रिपोर्ट पनि मैसँग छ।’

 

भोलिपल्ट बिहान यमुना छोरीलाई कुरेर बसिन्। ९ बज्यो, १० बज्यो र ११ बज्यो तर, छोरी आइपुगिनन्। एकैछिनपछि खबर फैलियो– सानेपामा अर्जुन कार्कीको घरमा ह'त्याका'ण्ड भयो। रेडियो, टिभी र अनलाइनहरुले खबर दिए। केहीले तस्बिर पनि छापे।  आफ्नै छोरीको घरमा घटना घटेको र मुनालाई उपचार गर्न स्टार हस्पिटल लगिएको खबर सुन्नेबित्तिकै यमुनाले भदालाई फोन गरेर बोलाइन् र तत्कालै अस्पताल पुगिन्।

 

पौनेघण्टापछि डाक्टरहरुले मुनाको मृत्यु भएको सुनाए। यमुना चिच्याइन, ‘मेरो छोरीलाई मा''र्‍यो…’ कसले छोरी मा''र्‍यो, यमुनाले स्पष्ट भन्न सकिनन्। उनी मु''र्छा प'रेर ढलिन्। दश मिनेटपछि आफन्तहरुले उठाएर उनलाई घर लैजान खोजे, तर उनी मानिनन्। मुनाको श''व पो''स्टमा''र्टमका लागि पाटन अस्पताल लगियो। त्यसपछि मात्रै यमुनालाई लिएर थापाथली फर्किए उनका आफन्त।

 

छोरीको ह''त्या'पछि यमुनाको जिन्दगीको सहारा नै टुट्यो। २० वर्षअघि सडक दुर्घटनामा परेर उनका श्रीमान् निमबहादुर अधिकारीको मृत्यु भएको थियो। सुदुरपश्चिम कृषि निर्देशनालयमा इन्चार्जका रुपमा कार्यरत निमबहादुर जेठी छोरी कृपा सुत्केरी भएपछि उनलाई भेट्न काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेका थिए।

 

निमबहादुर र यमुनाका चार सन्तानमध्ये जेठी छोरी कृपा र माइली मुनाको विवाह भइसकेको थियो। नाबालक छोरा शिव र कान्छी छोरी शकुनको रेखदेखसँगै घर–व्यवहारको जिम्मेवारी यमुनाको काँधमा आइपर्‍यो। दुःख जिलो गरेर यमुनाले छोरा शिव, कान्छी छोरी शकुनको पढाइ पूरा गरिदिइन्। उच्च शिक्षाका लागि शिव र शकुन दुवै अमेरिकातर्फ लागे। त्यसपछि भने थापाथलीको घरमा यमुना एक्लै परिन्।

 

उनलाई बेलाबेला साथसहयोग गर्न माइली छोरी मुना आउँथिन्। मुनाको २०४८ जेठ १२ गते नेपाल सरकारका जागिरे अर्जुन कार्कीसँग मागी बिहे भएको थियो। उनको घर पनि नजिकै बानेश्वरमा थियो। आमालाई भाइ–बहिनीको अभाव हुन मुनाले नै दिएकी थिइनन्। मुना हप्तामा एकपटक माइती पुगेर आमासँग बस्ने गरेको उनका आफन्त स्मरण गर्छन्।

 

केही वर्षअघि अर्जुन र मुनाको परिवार बानेश्वरबाट ललितपुरको सानेपा बसाइँ सर्‍यो। त्यसपछि मुनाले आमासँगको भेटघाटलाई झनै तीव्रता दिन थालिन्। उनी हरेक दिनजसो एकपटक माइती पुग्थिन्। आमाको रेखदेख गर्थिन्। उमेरको कारण यमुनाको स्वास्थ्यमा पनि विभिन्न समस्या देखिन थालेको थियो। औषधिउपचारको सबै जिम्मा मुनाकै थियो। गएको पाँच वर्षदेखि उनले यसैगरी आमाको हेरचाह गरिरहेकी थिइन्। दशैँ, तिहारको बेला सबै चाँजोपाँजो मुनाले मिलाइदिन्थिन्।मुना र उनका पति अर्जुनबीच खटपट भइरहन्थ्यो। त्यो थाहा पाउँदा यमुना निकै डराउँथिन्। झगडा गर्नुहुँदैन भनेर छोरीलाई सम्झाएर पठाउँथिन्।

निष्पक्ष छानबिन होस् भन्दै अमेरिका उडे आफन्त
सानेपास्थित आफ्नै घरमा माघ २७ गते मुनाको ह''त्या भएपछि ७० वर्षीया यमुना बे'सहा'रा भइन्। त्यसैले अमेरिकामा रहेका छोरा शिव आएर आमालाई उतै लिएर गए। ‘दिदीको ह''त्याबारे सत्य तथ्य बाहिर आए हुन्थ्यो,’ बुधबार अमेरिका उड्नुअघि मुनाका भाइ शिव अधिकारीले आफन्तसँग भने। दिदी मुनाको ह''त्या भएको खबर सुनेपछि उनी माघ २९ गते अमेरिकाबाट नेपाल आएका थिए। १५ दिन बसेर उनी आमालाई लिएर अमेरिका फर्केका छन्।

 

अमेरिका जानुअघि गएको सोमबार उनले महानगरीय प्रहरी परिसर जावालाखेल पुगेर मुनाको घरमा घटेको घटनाको सीसीटीभी फुटेज हेरेका थिए। कामदार विजय चौधरीले मुनाको ह''त्या गरी आफूले आ''त्मह''त्या गरेको प्रहरीले दाबी गर्दै आएको छ। तर, विजयले सो घटना घटाउनुको कारण भने प्रहरीले घटना भएको १९ दिन बितिसक्दा पनि दिन सकेको छैन।

विजयले मुनालाई भान्सामा काम गरिरहेको बेला पछाडिबाट डो''रीले बाँ''धेर ल''डाइ एउ''टा धा''रि''लो वस्तुले अनु''हार'मा हा'ने'र मु'र्छि'त बनाएर आ'फूपनि सोही घ''रमा झु''ण्डि''एर आ'त्मह'त्या गरेको महानगरीय प्रहरी परिसर जावालाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले ले बताउँदै आएका छन्। यति मात्र विषयले चित्त नबुझेपछि प्रहरीसँग थप अनुशन्धानको माग गरिएको छ । प्रहरीले अहिले मुनाको घटनालाई लिएर उनका श्रीमान पूर्व सचिव अर्जुन कार्कीको मोबाईल नियन्त्रणमा लिएको छ । मोबाईलबाटपनि अनुशन्धान गरिरहेको छ । साथै उनको बयान लिनेपनि तयारी गरिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु