काठमाडौं । दशकौं देखि चल्दै आएको यु'द्ध समाप्त भएको छ । अफगानस्तान र तालिबानबीच १८ वर्षदेखि चल्दै आएको यु'द्ध समाप्त गर्दै शान्ति सम्झौता भएको छ । जानकारी अनुसार अमेरिका र यसका मित्र राष्ट्रहरूको सेना आगामी १४ महिनामा अफगानिस्तानबाट फिर्ता जाने भएका छन् ।

यो काबुलमा अमेरिकी–अफगानद्वारा संयुक्त रूपमा घोषणा गरिएको छ । यस विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिका र यसका देशहरुका सेनाहरु १४ महिनामा फिर्ता हुनेछन् । अमेरिकी–तालिबानी सम्झौता तालिवानले आफ्नो प्रतिबद्धता पूरा गर्नेमा निर्भर छ ।’

 

यो सँगै अफगानिस्तानमा द्व'न्द्व अन्त्य हुने अपेक्षा गरिएको छ । यसपछि अफगान सरकार र तालिबानी बीच वार्ता हुनेछ । अमेरिका र तालिबानले कतारको दोहामा ३० देशका प्रतिनिधिलाई साक्षि राखेर शान्ति वार्ता गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु