काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिकतर्फका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई किताबी ज्ञानभन्दा प्रयोगात्मक ज्ञानको बढी आवश्यकता भएकाले सो व्यवस्थापनका निम्ती विद्यालयलाई अगाडि बढ्न निर्देशन दिनुभएको छ ।

 

बर्दिवासमा आधारशिला महोत्तरीले आयोजना गरेको ‘प्राङ्गारिक खेतपातीको अवधारणा र अभ्यास’ विषयक कार्यशालामा उहाँले कृषिधारतर्फ बाली विज्ञान सञ्चालन गर्दै आएका सामुदायिक विद्यालयले जग्गाको व्यवस्थापन गरी कृषि फार्मबाट प्रयोगात्मकमार्फत जैविक खेतीतर्फको सीप प्रदान गर्न आग्रह गर्नुभएको हो ।

 

नेपाली किसानलाई जैविक खेतीतर्फ आकर्षित गर्नका लागि सरकारले पाठयक्रममा समावेश गरी यस अभियानलाई टोलटोलमा पु¥याउने मन्त्री पोखरेलले धारणा राख्नुभयो । देशका ७५३ तहका सामुदायिक विद्यालयमा प्राविधिकधारतर्फ पठनपाठन गराउने नेपाल सरकारको लक्ष्य रहेकामा अगामी शैक्षिक सत्रमा बाँकी रहेको ४९ तहका विद्यालयमा प्राविधिकधारतर्फका पठनपाठनको थालनी हुने मन्त्री पोखरेलले जानकारी गराउनुभयो ।

 

जैविक नेपालका संयोजक सोनाम शाक्यले विषादीयुक्त खाना खाँदा मानिसको वीर्य र डिम्ब खतरामा रहेकाले सबैले विषादीरहित खाना खानका लागि सङ्कल्प लिई अगाडि बढनुपर्नेमा जोड दिनुभयो । कृषकले अधिक लोभ गर्दा जमीनको उवर्रा शक्ति बिग्रनाका साथै मानवजातिलाई समेत प्रत्यक्ष रुपमा असर गर्दै आएको उहाँले धारणा राख्नुभयो ।

 

जैविक खेती हरेक किसिमले मानवको हकहितमा अहम् भूमिका निर्वाह गर्दै आएकाले यसको प्रचारप्रसार यहाँका खेतखेतमा हुनुपर्नेमा विश्व खाद्य संस्थानका वैज्ञानिक डा राम भण्डारीले सबैमा आग्रह गर्नुभयो । जसले किसान, खेत र उपभोक्तालाई समेत प्रत्यक्ष फाइदा पु¥याउने भएकाले यसलाई सबैले अभियानका रुपमा लिई अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

 

कृषि तथा वन विज्ञान विश्वविद्यालयका माटो विषयका उपप्राध्याक बाबुराम खनालले स्थानीयस्तरमा पाइने स्रोतसाधनलाई उपयोग गरेर नै जैविक खेती गरिने भएकाले अब किसानलाई आवश्यक ज्ञान प्रदान गरी कम लगानीमा अधिक आम्दानी हुने किसिमको खेतीपाती गर्नका लागि आग्रह गर्नुभयो । डेनमार्क अनुसन्धान निर्देशक भानेश्वर पोखरेलले अनुसन्धान बिनाको शिक्षाको कुनै अर्थ नभएकाले बाली विज्ञानमा अध्ययनरत विद्यार्थीलाई खेतखेतमा गई अनुसन्धान गराउनुपर्नेमा जोड दिनुभयो ।

डेनमार्कका वैज्ञानिक जीवन क्षेत्रीले १३ वर्षको अथक प्रयासपछि भारतको सिक्किम राज्य जैविक क्षेत्र घोषित भएको प्रसङ्ग उल्लेख गर्दै नेपालले पनि अभियानलाई निरन्तरता दिएर अभियानलाई सफल पार्नुपर्ने तर्क राख्नुभयो । प्रदेशसभा सदस्य शारदादेवी थापा, भरतप्रसाद साह, बर्दिवास नगरपालिकाका प्रमुख विदुर कार्की, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो, रामगोपालपुरका प्रमुख अशोककुमार मण्डल लगायत जनप्रतिनिधिको सहभागिता थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु