कास्की । पोखरामा आज सम्पन्न ‘प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसीप’ अन्तर्गत टिम इभेन्टको उपाधि नेपालले जितेको छ । क्रस कन्ट्री विधाअन्तर्गत ४७ दशमलव आठ किमी दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरी ५४ अङ्कसहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । नेपाली टोलीमा युकेश गुरुङ, विशाल थापा, विजय गौतम र शेरबहादुर गुरुङ रहनुभएको थियो । त्यसैगरी कोरियाले ४८ अङ्कसहित द्धितीय र ४५ अङ्क ल्याएर जर्मनीको टोली तेस्रो भएको छ ।

पुरुष एकलतर्फको उपाधि भने कोरियाले जितेको छ । कोरियाका जङमेन चोइले दुई हजार २२० अङ्कसहित उपाधि जित्नुभयो भने नेपालका विशाल थापाले दुई हजार १४७ अङ्कसहित द्वितीय तथा कोरियाका चियोङ हाले दुई हजार १३० अङ्कसहित तेस्रो हुन सफल हुनुभयो ।

 

महिला एकलतर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिकले उपाधि जित्दा कोरियाका याना ली द्वितीय तथा स्वीटजरल्याण्डका सुसन स्टोफर तेस्रो हुनुभयो । नेपाल खुला १९औँ च्याम्पियनसीपअन्तर्गत विशाल थापाले उपाधि जित्न सफल हुनुभयो । विजय गौतम द्वितीय र आशिष थापा तेस्रो हुन सफल हुनुभएको नेपाल हवाई खेलकूद संस्था ९ना० का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । सुरज थापा चौथो र युकेश गुरुङ पाँचौँ स्थानमा रहनुभयो ।

 

विजेता खेलाडीको टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्ण गुरुङलगायतले मेडल, प्रमाणपत्र पुरस्कार वितरण गर्नुभएको थियो । यही फागुन ११ गतेदेखि शुरु भएको प्रतियोगितामा २० देशका ९२ खेलाडी सहभागी थिए । यस प्रतियोगिता तथा इन्डोनेशिया र चीनमा तय भएको एशियन टूरबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र ‘¥याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने प्रतियोगिता संयोजक योगेश भट्टराईले जानकारी दिनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु