काठमाडौ । शनिबार सामान्य रहको देशभरको मौसममा आज पुनः बदलि आउने भएको छ । आज देशका पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशको पश्चिमी, मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । यस्तै आइतबार रातीः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/११/१८ देखि २०७६/११/२०) जारी समय : विहान ६:०० बजे / नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७६-११-१८ विहान ६:०० बजे)

मौसम विश्लेषण) Meteorological Analysis):- हाल देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status): हाल देशको पश्चिमी भू-भागमा सामान्य बदली रहेको छ। बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १८ गते (आइतबार) दिउँसोः देशको पश्चिमी भू-भाग सहित मध्य र पूर्वको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमालि भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। रातीः देशको पश्चिमी भू-भाग सहित मध्य र पूर्वको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन १९ गते (सोमबार) दिउँसोः देशको पुर्वी भू-भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशको पुर्वी भू-भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २० गते (मंगलबार) दिउँसोः देशको पुर्वी भू-भाग तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पश्चिमी पहाडी भू-भाग एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशको पुर्वी भू-भागमा तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भाग एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):- पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु