काठमाडौं । भिड नियन्त्रण निहुँमा बच्चा बोकेकी महिलालाई लाठी बजारेको भिडियो भाइरल बनेपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेललाई मात्र इन्चार्जको जिम्मेवारीबाट हटाइएको छ । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले पौडेललाई जावलाखेलमा तानिएको जानकारी दिएका छन् ।

 

‘एसपी दुर्गा सिंह नेतृत्वको समितिले पनि छानविन गरिरहेको छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राईले भने, ‘अहिले भैंसेपाटीमा प्रहरी निरीक्षक सुजित ओझालाई पठाइएको छ ।’ उनलाई महानगरीय प्रहरी जावालाखेलमा तानिएको छ । नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला साह नामक महिलाबीच भएको विवादका क्रममा बिहीबार केही महिला खत्रीको घरमा पुगेका थिए ।

 

मालालाई घरमा भित्र्याउँने भन्दै पुगेको महिलाहरुको समुहमा प्रहरीले लाठी बर्षाएको थियो । त्यहाँ दुबै हातमा बच्चा च्यापेकी आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठमाथी इन्स्पेक्टरले लाठी बर्षाएका थिए । साहका लागि न्याय माग्न भन्दै हेमापनि खत्री निवास पुगेकी थिइन् । श्रेष्ठले बच्चा बोकेकी थिइन् । पौडेलले घरमा छिरेर हु लहु ज्ज त र तो डफो ड गरेपछि सामान्य बल प्रयोग गर्नुपर्ने स्पष्टीकरण दिएका थिए ।

प्रकरणको छानविनका लागि गठित समितिले मंगलबारसम्ममा प्रतिवेदन तयार पार्नेछ । सोही आधारमा इन्स्पेक्टर पौडेलमाथि कारबाही गरिने बताइएको छ । यता समाजिक सञ्जाल प्रयोगकर्ताहरुले इन्स्पेक्टरलाई जागिरबाट बर्खास्त गरेर कानून अनुसार कार्बाहीको माग गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु