काठमाडौ । टोखा नगरपालिका बडा नं १० गंगबु गणेशथानमा रहेको लुनार इङलिस स्कुलले १६औ वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ । शनिबार बिद्यालय प्राङणमा पूर्व मन्त्री एकनाथ ढकालले बार्षिक उत्सवको उद्घाटन गरेका थिए । टोखा नगरपालिका भित्र छुटै पहिचान बनाउन सफल लुनार इङलिस स्कुलले शैक्षिक क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा समेत उलेख्य सफलता प्राप्त गदै लगेको छ ।

बार्षिक उत्सवका पूर्वमन्त्री ढकालले शिक्षामा गुणािस्तरण सुधार गर्नको निम्ति शिक्षकको भुमिका महत्वपुर्ण हुने बताउँदै सबै विद्यालयको भौतिक सुधारले मात्र नभएर शैक्षिक उपलब्धि पनि आम नागरिकले देखिने गरी हुनु पर्ने जोड दिए ।

नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले बिद्यालय आफैमा शैक्षिक कारखाना रहेको बताउँदै त्यहाबाट उत्पादित बिद्याथी राष्ट्रिय क्षेत्रमा कतिको योगदान दिएका छन् त्यो हर्नेु पर्ने बताए । ढकालले पाठयक्रम पढाउनु जतिकै महत्वपूर्ण अतिरिक्त क्रियाकलाप, ब्यबारिक, नैतिक शिक्षा लगायतको पाठहरुपनी बिद्यार्थीलाई सिकाउनु पर्नेमा जोड दिए । उनले स्कुलले शिक्षा क्षेत्रमा आफुलाई अवल साबित गदै लगेकोमा बधाई दिए ।

कार्यक्रममा टोखा नगरपालिकाका शिक्षा बिभाग प्रमुख बाबुराम गौतमले बिद्यालले बिद्यार्थीलाई संस्कारको कुरा पनि सिकाउनुपर्नेमा जोड दिदै बिद्यार्थीको मनोभावना बुझेर घोकन्ते बिद्याभन्दा ब्याबहारीक शिक्षामा दिनु पर्ने बताए ।टोखा नगरपालिका बडा नं १० का बडा अध्यक्ष मधुसुदन पाण्डेले बिद्यालयमा छोराछोरी पठाएरमात्र अभिभावको जिम्मेबारी पुरा भएको ठान्ने सोचको अन्तय गनुपर्नेमा जोड दिदै अहिलका बिद्यार्थीलाई प्रबिधी र नेपाली संस्कति दुबैलाई जोडेर शिक्षा दिनु पर्ने बताए ।


लुनार इङलिस स्कुलका पिन्सीपल बलराम भट्टले शिक्षाको उज्याले दिन स्कुल तयार रहेको बताउँदै बिद्यार्थीको चौतफी बिकासमा बिद्यालय लागेको बताए । उनले अभिभावकलाई बिद्याथीले सक्ने काम लगाउन आग्रह गदै यस्तो गरेमा मात्र बिद्यार्थीले समाजलाई चिन्न सक्ने बन्ने बताए । उनले बिद्यालयले पढाईसँग बिद्यार्थीसँग भएको फरक क्षमताको बिकासमा समेत बिद्यालय लागेको बताए । समारोहमा पूर्वमन्त्री एकनाथ ढकालले शिक्षासेबी श्याम कृष्ण ढकाल , मुत्तिनाथ ढकाल र शिब प्रसाद ढकाललाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेका थिए ।

बिद्यालयका विभिन्न गतिविधीहरुमा सहभागी तथा उत्कृृष्ट नतिजा ल्याउने छात्र छात्रा र सम्मान तथा पुरस्कार बितरण गरीएको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नोगेन्द्र जङ थापाकोे सभापतित्वमा भएको बिद्यालयका संञ्चालक इश्वर भट्ट नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखा कार्यसमिति सदस्य बिष्णु निश्चल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संञ्चालन सुदिप कार्कीले गर्नु भएको थियो । बिद्यालयमा अध्यननरत विभिन्न समुहका बिध्यार्थीहरुले सास्कृतीक प्रस्तुती समेत गरेका थिए भने चर्चित लोक दोहोरी गायक डिला बि।क मानसिह खड्का लगायतका अन्य कलाकारले आफ्नो प्रस्तुति दिएका थिए । बिद्यालयमा ३५० बिद्यार्थी अध्यनरत छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु