काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । मृगौला प्रत्यारोपणको लागि भोली सोमबारदेखि अस्पताल भर्ना हुने भएपछि सोमबार बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक आज आइतबार नै बोलाइएको हो ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । बैठकमा कोभिड–१९ भाइरसबाट जोगिन विभिन्न देशबाट आउने उडान बन्द गर्ने र नेपालमा अन्तर्राष्ट्रिय सभा सम्मेलन तत्काल स्थगित गर्नेबारे, राष्ट्रिय सभामा मनोनित हुने एक जना सदस्यको नाम राष्ट्रपतिलाई सिफारिस गर्नेबारे निर्णय हुने बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु