पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले जन्मेदेखि नै छोरा र छोरीबीचमा हुने गरेको विभेद हटाउन पहल थालेको छ । छोरालाई छ र छोरीलाई पाँच महिनामा पास्नी अर्थात् खात खुवाउने प्रचलन तोडी अब दुवैलाई छ महिना पूरा भएपछि मात्रै पास्नी गर्ने प्रचलन ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यसअघि गाउँमा जन्मेदेखि नै छोरा र छोरीबीच समान व्यवहार नहुने गरेकाले गाउँपालिकाले बेस नेपाल, सुआहारा कार्यक्रम, स्वास्थ्य शाखालगायत विद्यालय, महिला समूह, बालक्लबसमेत सबै सरोकार पक्षको पहलमा यस्तो कार्यक्रम ल्याएको हो । अबदेखि महिलाको स्वास्थ्यलाई ध्यानमा राखी यससँग सरोकार राख्ने पण्डित, ज्योतिषी, लामा, धामी, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा विद्यालय र विद्यार्थीसँग छलफल तथा प्रशिक्षणसमेत दिइएको छ ।

छोराछोरीलाई छ महिनासम्म पूर्ण स्त'नपान गराउने, शिशु जन्मेको ३५ दिनभित्र अनिवार्य जन्मदर्ता गराउन पहल गर्ने, जन्मेको छ महिनासम्म अनिवार्य पूर्ण स्त'नपान गराउने, २० वर्षभन्दा कम उमेरमा विवाह नगर्ने, नगराउने तथा सहभागी नहुने गरी गाउँपालिकाले सबैको हस्ताक्षरसमेत सङ्कलन गरेको छ ।

गाउँपालिकामा रहेका ४२ विद्यालयका शिक्षक तथा गाउँपालिकामा रहेका ४६ महिला स्वयंसेविका र ६९ पोषण सहयोगी सहजकर्तासँग समेत छलफल गरेर सो अभियान सफल बनाइने गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो । दाइजो प्रथाको अन्त्यका लागि पाँचै वडामा अभिमुखीकरण कार्यक्रम भएको छ । बीस वर्ष उमेर नपुग्दासम्म विवाह नजुराइदिने, निम्तो नस्वीकार्नेलगायत पहल गरिने पण्डित युवराज पाठकले प्रतिबद्धता जनाउनुभयो । बालविवाह नगर्ने, भएमा रोक्ने, करीब साढे तीन सय शिक्षकले बालबालिकामा सचेतना बढाएर बालविवाह रोक्ने पहल पनि भएको छ ।

गाउँपालिकामा १४-१५ वर्षकै उमेरमा विवाह हुने गरेकाले न्यूनीकरणका लागि करीब आठ सय जनालाई अभिमुखीकरण गरिसकिएको छ । यस्तै बयालीस विद्यालयमा स्त'नपान कक्ष निर्माण गरिएको छ । सबै विद्यालयमा तथा टोलमा नौदेखि १५ बाल मञ्च गठन गरेर बालविवाह रोक्ने पहल पनि गरिने छ । कानूनी रुपमा दण्डनीय हुनाका साथै स्वास्थ्यका हिसाबले पनि कम उमेरमा शिशु जन्माउँदा भविष्यमा डरलाग्दा रोग लाग्ने र आमा र शिशुको ज्यान नै जोखिममा पर्छ । सोका लागि गाउँपालिकाले सात बालमैत्री सहजकर्ता परिचालन गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु