काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी [नेकपा] अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मिर्गौला प्रत्यारोपणका लागि अन्तिम तयारी थालिएको छ । अस्पताल जानुअघि सोमबार भिडियोमार्फत सम्बोधन गर्ने बताइएको छ ।

 

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि आइतबार अपरान्ह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुन लाग्नु भएका ओलीले भिडियो सन्देशमार्फत केही कुरा राख्ने बताइएको छ । ओलीको यही फागुन २१ मा मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ ।

त्यसका लागि अस्पतालका विशेषज्ञसहित विशेष टोली खटिएको छ । दुवै मिर्गौलामा समस्या भएपछि प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारत पुगेर मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो । यस पटक नातामा नातिनी पर्ने समिक्षा संग्रौलाले मिर्गौला दिने भएकी छिन् । मिर्गौलामा समस्या देखिएपछि कात्तिकदेखि ओलीले नियमित डायलासिस गराउँदै आउँनु भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु