रुपन्देही । गैँडहवा गाउँपालिका-६ गुलरीया चोकस्थित न्यू भिजन होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही होटेलका संचालक कञ्चन गाउँपालिका(३ बस्ने ३२ वर्षीय प्रबिन थापा समेत १० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटेलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद १ लाख ९ हजार ३ सय ४५ रुपैयाँ, भारतीय रुपैयाँ २२ हजार ९५, १० थान मोबाइल, ४ वटा मोटरसाइकल र १ वटा अटो रिक्सा समेत प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु