सबैलाई अचम्म लाग्न सक्छ, ८६० रुपैयाँ मै बीमा ५ लाखसम्मको सुरक्षा, के छन् सुविधा ?


काठमाडौ । समाचारको शीर्षक हेर्दा नै तपाईलाई अचम्म लागेको हुनुपर्छ । किनकी हजार रुपैयाँ भन्दा कम रकममा पनि बीमा गर्न सकिन्छ ? सबैको जिज्ञासा हो । तर सकिन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो । निर्जीवन बीमा कम्पनी आइएमई जनरल इन्स्योरेन्सले ८६० रुपैयाँ मै विद्यार्थी लक्षित बीमा योजना बिक्रि गर्दै आएको छ ।

 

 

आइएमई जनरल यस्तो बीमालेख जारी गर्ने पहिलो कम्पनी हो । आइएमई जनरल इन्स्योरेन्सले ल्याएको आइजीआई विद्यार्थी बीमालेख अन्तर्गत विद्यार्थीले ८६० रुपैयाँ मै बीमा गर्न सक्छन् । यस पोलिसीले बीमा गरिएका विधार्थीको सुरक्षाको साथ साथै सम्बन्धित बीमितको आमा बुबाको समेत सुरक्षा प्रदान गर्ने जनाएको छ । कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने विधार्थीहरुले यो पोलिसी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

के छन् सुविधा ?
यस पोलिसी अनुसार बीमा गरिएका विधार्थीको दु र्घ ट नाको कारणबाट मृस् त्यु भएमा १ लाख रुपैयाँ तथा विद्यार्थीको आमा वा बुबामध्ये कुनै एक जनाको हकमा बीमा अवधिभर ५ लाख रुपैयाँ बराबरको बीमाङ्क रकम कायम गरिएको छ । विद्यार्थी स्थायी पूर्ण अशक्तता भएमा, बीमित विद्यार्थीको हकमा बीमाकं रकमको ३०० प्रतिशत ९३० लाख रुपैयाँ तथा विद्यार्थीको आमा बुबाको हकमा बीमाकं रकमको शतप्रतिशत (५ लाख) सम्मको जोखिम बहन हुने छ ।

 

पोलिसीले अ गंभग भएमा बीमित विद्यार्थीको हकमा बीमाकं रकमको शतप्रतिशत (१ लाख) सम्म तथा आमा बुबाको हकमा बीमाकं रकमको ५० प्रतिशत (२ लाख ५० हजार) सम्म जोखिम बहन गर्छ । साथै अस्थायी पूर्ण अशक्तता भएमा बीमित विद्यार्थीको हकमा विद्यालयको मासिक शैक्षिक शुल्क वापत प्रति महिना अधिकतम (१० हजार) रुपैयाँ मा नबढ्ने गरी २ महिना सम्मको शुल्क भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

 

औषधोपचार खर्च

दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा बीमित विद्यार्थीको हकमा बीमाकं रकमको २५ प्रतिशत (२५ हजार) रुपैयाँ सम्मको औषधोपचार सुविधा विद्यार्थीले पाउने छन् । बीमित विद्यार्थीको हकमा बिरामि भई अस्पतालमा भर्ना हुनु परेको अवस्थामा बीमाकं रकम ५० हजार रुपैयाँसम्म पाउने छन् । साथै यसमा अस्पतालको शैया शुल्क प्रतिदिन अधिकतम २ हजार रुपैयाँ सम्म हुनेछ ।

 

राष्ट्रिय बीमा कम्पनीको विद्यार्थी सुरक्षा बीमालेख

राष्ट्रिय बीमा कम्पनीले पनि गत साउनदेखि विद्यार्थीलाई लक्षित विद्यार्थी सुरक्षा नामक बीमालेख बिक्रि गर्दै आएको छ । यस अनुसार विद्यालय र कम्पनीको सहकार्यमा सयुक्त रुपमा विद्यार्थीहरुको बीमा गरिने कम्पनीले जनाएको छ । यस बीमालेख बिक्रिका लागि कम्पनीले हालसम्म ३ वटा विद्यालयसंग सहकार्य गरेको छ । यस अन्तर्गत बीमितले न्यूनतम १ लाख रुपैयाँ प्रिमियम तिरी बीमा गर्न सक्ने छन् । योजना अन्तर्गत बीमितको दु र्घ ट नाबाट चोट पटक लागेको अवस्थामा बीमितले अन्य कुनै पनि बीमाबाट निजको औषधोपचार खर्च वापत कम्पनीले एक लाख रुपैयाँ भुक्तानी गर्ने छ ।

यद्यपि जानी जानी आफैले गराएको चो ट, मा दक प दार्थ वा ला गु औ षधिको प्रभावको कारणबाट, दे हत्को याग प्रयास, पा गलपन, प्रचलित कानुन बमोजिम अनुमति प्राप्त हवाई जहाजमा यात्रीको रुपमा यात्रा गरेकोमा बाहेक अन्य उडानको हकमा यो लागु नहुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कावा खाने खेल व्हील रेश, घोड दौड, बन्जी, हाइकिङ्क, प्याराग्लाईडिङ वा मोटरसाइकल दौड, पर्वतारोहण, निसानावाजि, कुनै कानुन भं ग गरेको परिमाणबाट, दु र्घ टनाबाट नभई उद्वेग वा स्ना यु सम्बन्धी चो ट, मानव जीवन रक्षा गर्ने प्रयास ग र्दा बाहेक नचाहिदो ख’ त’ रा मोल्ने कार्य आदि गरेमा पनि यो लागु हुने छैन ।

 

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई, ११ र १२ को परिक्षाको सूचना यसरी आएको रहेछ
एसईई, ११ र १२ को परिक्षा बारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com