काठमाडौ । थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले गरेको बन्दको प्रभाव बिहानै देखि देखिएको छ । आफूले राखेका मागको सरकारले बेवास्ता गरेका भन्दै थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आज र भोली बन्दको आह्वान गरेको छ । दुई दिने पूर्व घोषित हडतालको प्रभाव कैलाली र कञ्चनपुरमा धेरै छ ।

सरकारसँग राखेका १४ बुँदे माग पूरा नगरिएको भन्दै मोर्चाले फागुन २० र २१ मा थरुहट थारुवान क्षेत्रमा आम हडतालको घोषणा गरेको थियो । संघर्षका विभिन्न कार्यक्रम घोषणा गर्दै आए पनि सरकारले माग पूरा नगरेपछि दोस्रो चरणको कार्यक्रमअन्तर्गत आमहडताल घोषणा गरिएको मोर्चाले जनाएको छ।

पुस २२ गते नेपाल सरकारसँग १४ बुँदे माग राखी पुस मसान्तसम्मको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा पनि मागप्रति सरकार संवेदनशील र सकारात्मक हुन नसकेकाले आमहडतालको घोषणा गर्नु परेको मोर्चाको केन्द्रीय संयोजन समितिका महासचिव तुुलसी थारुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आमहडतालका क्रममा कलकारखाना,उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था, सवारीसाधान, ढुवानीका साधन पूर्णरुपमा बन्द रहने जनाइएको छ। तर, अत्यावश्यक सवारीसाधनहरु दमकल, एम्बुलेन्स, शववहान, सुरक्षा निकायका सवारी साधन, दुध बोक्ने वहान, औषधि बोक्ने वहान, रेडक्रस, मानवअधिकारकर्मी, पत्रकार, पर्यटक र कूटनीतिक नियोगका सावारी साधान निर्वाध रुपमा सञ्चालन हुन पाउने मोर्चाले जनाएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु