पनौती । प्रहरीले गत आइतबार पनौती नगरपालिका–६ स्थित एक घरबाट लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद ग¥यो । उक्त घरमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा तिमल्सिनाको कोठाबाट बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको अवस्थामा उक्त परिमाणमा ट्याब्लेट बरामद गरी प्रहरीले तिमल्सिनालाई पक्राउ प¥यो ।

काभ्रेपलाञ्चोक प्रहरी एक वर्षपछि नेपालमा प्रतिबन्धित औषधि बरामद गर्न पुनः सफल भएको हो । यस घटनाले लागुऔषध कारोवारी पुनः सक्रिय भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो । उहाँले कारोवारीको खोजीकार्य तीव्ररूपमा गरिने बताउनुभयो । “घटनाले एक वर्षपछि कारोवारी पुनः सक्रिय भएको देखिन्छ, हामी विशेष निगरानी गर्छौँ”, उहाँले भन्नुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

गत वर्ष पुस १६ गते विराटनगरबाट बिपी राजमार्ग हुँदै बनेपा आउँदै गरेको गाडीमा नमोबुद्ध नगरपालिका–७ मङ्गलटारमा गाडी खानतलासी गर्दा सुनसरीको गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहेता र भारतको कानपुरस्थित यूपीका २१ वर्षीय मनोजकुमार मेहेतालाई ५० पत्ता (७५० चक्की) नाइट्राभेट–१० औषधिसहित पक्राउ गरी लागुऔषध ऐन–२०३३ अनुसार मुद्दा चलाइयो ।

सोही महिनामा इलाका प्रहरी कार्यालय बनेपाले पनि सुराकीकै आधारमा नाइट्राभेट–१० नामक औषधिको ८२ पत्तासहित बनेपा नपाकै विभिन्न स्थानबाट सात जनालाई पक्राउ ग¥यो । बनेपा नपा–१३ स्थित साँगाबाट ५० पत्ता (एक हजार ५१४ चक्की) बोकेका तनहुँको शुक्लागण्डकी नपा–१ का २४ वर्षीय उत्तम कार्की र खोटाङको चिउरीडाँडा नपाका २५ वर्षीय आशिष थापालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइयो ।

प्रहरीले कार्की र थापाको बयानकै आधारमा पुस १७ गते राति अरनिको राजमार्गको साँगा बनेपा–१३ मै काठमाडौँबाट बनेपातर्फ मोटरसाइकलमा आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१५ का २३ वर्षीय प्रसिल थापा क्षेत्री र मोरङकै सुनबर्सी नपा–६ घर भएका ३६ वर्षीय देवकुमार राजवंशीलाई झोलामा लुकाएको २५ पत्ता लागुऔषधसहित पक्राउ ग¥यो ।

सोही राति नै बनेपा नपा–८ चाँदनीचोकबाट बनेपा नपा–१० जनागालका २३ वर्षीय सविन हुमागाईं, महोत्तरी जिल्ला लक्ष्मीनिया गाउँपालिका–३ का ४० वर्षीय लालबाबु मण्डल र २४ वर्षीय अजय साहलाई सात पत्ता नाइट्राभेट–१० सहित पक्राउ गरेको जनायो । प्रहरीले सुराकीको भरमा मात्रै जाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक ग¥यो ।

प्रहरी प्रतिवेदनका अनुसार बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)बाट लागुऔषध ओसारपसार हुने गरेको छ । तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणअनुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रेपलाञ्चोक बनाएको देखिन्छ । एक वर्षपछि मात्रै लागुऔषध बरामद हुनुले प्रहरीले नियमित जाँचमा सक्रिय नभएकाले कारोवार फस्टाउँदै गएको आशङ्कासमेत पैदा भएको छ ।

पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रूपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरीप्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताउनुभयो । यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका शहर तथा काठमाडौँमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेषगरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट प्रतिचक्की रु एक हजारदेखि एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट–१० एक पत्तामा १५ चक्की हुन्छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट–१० नेपालमा प्रतिबन्धित औषधि हो । प्रहरीको तथ्याङ्कअनुसार बितेको चार वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३२ मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा ६१ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अधिकांशले ब्रोकर (दलाल) बनेर काम गरिरहेको बयान दिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु