काठमाडौ । मैले मामा ओलीलाई मात्र हैन, देशको भविष्य भोलीलाई मिर्गौला दिँदैछु यो भावनाको एउटा समाचार अनलाईनमा आयो । भावना थियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुप्रिमो एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिन तयार समिक्षा संग्रौलाको ।

उक्त समाचार सेयर गर्दै अनेरास्ववियूका संयोजक ऐन महरले लेखे तिम्रो यो महानतालाई सम्बोधन गर्ने शब्द भएन समीक्षा बस यत्ति भन्छु तिमी महामानव हौ । यही शब्दमा अहिले नेकपाका कार्यकर्ताले मात्र हैन आम नेपालीले उनै समिक्षा संग्रौला ज्ञवालीको प्रसंशा गर्दै तस्वीर र लेख, समाचार सेयर गरिरहेका छन् । हुनपनि हो । ३२ बर्षको लक्का जवान उमेरमा उनले आफ्नो शरीरको एउटा अं'ग नै का'टे'र दिन तयार भइन् ।

उनको त्यो अं'गले देशलाई बदल्ने सपना देखाएका नेपाली जनताको झण्डै दुई तिहाई मत ल्याएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पुर्नजीवन पाउँदैछन् । यो सामान्य गुनगानले पुग्ने चानचुने सहयोग हैन । सामान्य दानीले गर्न सक्ने कार्य हैन । उनी त दानवीर हुन् दानवीर । हाम्रोपनि सल्यूट समिक्षालाई ।

को हुन् समिक्षा
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्न तयार समिक्षा संग्रौला ज्ञवाली अहिले शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीसँगै भर्ना भएकी छिन् । उनकोपनि भोली नै शल्यक्रिया गरे मिर्गौला झिकिनेछ र प्रधानमन्त्री ओलीकोमा राखिनेछ ।

हिँजो प्रधानमन्त्री ओली अस्पताल पुग्नु केही समय अघि उनी पनि अस्पताल पुगेकी थिइन् । चिकित्सकका अनुसार दुवै जनालाई हिँजैबाट स्वास्थ्य निगरानीमा राखिएको छ । ३२ वर्षिया समिक्षा दिउँसो साढे ३ बजे त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । प्रधानमन्त्री ओलीलाई १३ वर्षअघि पहिलो पटक मिर्गौला दान दिएकी भाइबुहारी अञ्‍जना घिमिरेकी भाञ्‍जी नै नाता भएकी ३२ वर्षीया समिक्षाको मिर्गौला ओलीलाई म्याच भएको थियो ।

झापाको चारआली घर भएकी समिक्षाको केही समयदेखी नियमित स्वास्थ्य परिक्षण भईरहेको छ । प्रधानमन्त्री ओलीलाई १२ जना भन्दा बढीले मिर्गौला दिने इच्छा देखाएपनि समिक्षाको मिर्गौला सबैभन्दा बढि मिल्ने देखिएपछि उनै राजी भएकी हुन् । उनी प्रधानमन्त्री ओलीलाई पहिलोपटक मृगौला दिने अन्जान घिमिरेकी भान्जी हुन् ।

त्रिवि शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मृगौला दिने महिलाको फाइल रेकर्ड बुक दर्ता गरेको छ । रेकर्डमा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा) । भान्जीले–मामालाई’ भनेर लेखिएको छ । ओलीले १३ वर्षअघि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेका थिए ।

भोली बिहान ९ बजे यसरी फेरिदैछ प्रधानमन्त्रीको दोस्रो पटक मिर्गौला

प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै मिर्गौला काम नगर्ने भएपछि भोली बिहान ९ बजे दोस्रो पटक फेरिदैछ । मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेदेखि महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालमा हुने एकिन भएको छ। प्रम ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणका लागि तयार चिकित्सक टोलीले बिहान ९ बजेदेखिको समय मिलाएको हो।

त्रिवि शिक्षण अस्पताल प्रशासनका अनुसार १३ वर्षअघि भारतको अपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोली पनि आइसकेको छ। शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले मिर्गौला प्रत्यारोपणपछि बढीमा हप्तादिनमा प्रधानमन्त्री ओली घर फर्किने बताएका छन्। अहिलेसम्म ८ सय मानिसको सफल मिर्गौला प्रत्यारोण गरिएको बताउँदै डा. खड्काले बढीमा ७ दिनसम्म अस्पतालमा राखेर घर पठाउने गरिएको बताए। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै गर्न पाउनु गौरवपूर्ण कुरा र अवसर भएको उनले बताएका छन्।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने यस्तो छ चिकित्सक टोली

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण डा. प्रेम ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ प्रत्यारोपण शल्यचिकित्सक डा. ज्ञवालीको नेतृत्वमा १५ जना भन्दा धेरै चिकित्सकको टोली तयार गरिएको हो। विश्‍वभर कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला प्रधानमन्त्री ओलीको मिर्गौला दोस्रो पटक नेपालमै प्रत्यारोपण गर्न लागिएको हो।

ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा खटिने टोलीमा ज्ञवालीसँगै डा. उत्तम शर्मा, डा. पवनराज चालिसे, डा. दिव्या सिंह शाह, डा. सुवास आचार्य र रमेश सिंह भण्डारी लगायत रहेका छन्। डा. आचार्य शिक्षण अस्पतालका क्रिटिकल केयर प्रमुख हुन्। यस्तै उक्त टोलीमा दुईजना एनेस्थेसियाका डाक्टर पनि रहनेछन्। यो टिममा ८ जना नर्स र अन्य स्वास्थ्यकर्मीसमेत रहने छन्।

यो टिममा निजी चिकित्सक डा. दिलिप शर्मा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमी पनि साथै रहने छन्। त्यसैगरी वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले प्रत्यारोपणका क्रममा साथै रहने छन्। यी चिकित्सकमध्ये वरिष्ठ मुटुरोग विशेषज्ञ सायमी, डा. दिलिप शर्मा र डा. दिव्या सिंह शाह ओलीका निजी चिकित्सक हुन्। उनीहरु तीनैजनाले ओलीको स्वास्थ्य समस्यामा पर्दा निगरानी र उपचार गर्दै आएका छन्।

कति जटिल छ शल्यक्रिया ?
प्रत्यारोपणका लागि अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ। चिकित्सकको निगरानीमा उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ। प्रत्यारोपणपूर्व उनको हिँजैबाट रगत, दिसापिसाबलगायत जाँच भइरहेको डा. ज्ञवालीले जानकारी दिए। प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई हिँजैदेखि ‘प्रिप्रेशन’मा राखिनेछ, उनले भने। ओलीको मुटुको एञ्जियोग्राफी जाँच गर्दा कुनै समस्या नदेखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टर मुटु रोग विभाग प्रमुख प्रा डा अरुण सायमीले बताए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु