काठमाडौँ । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रि ट्रान्सप्लान्ट डाइलासिस सकिएको छ । प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका अनुसार बिहान ९ः३० बजेबाट सुरु गरिएको डाइलासिस दिउँसो १ः३० बजे सकिएको हो ।

 

 

डाइलासिस सकिएपश्चात अहिले २ः४५ बजे उहाँलाई बेड नम्बर ६०१ मा सारिएको छ । त्यसअघिदेखि उहाँको विभि‍न्न परीक्षण जारी छ । मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री हिजो त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । उहाँलाई उहाँकी भाञ्जी पर्ने समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिन लागेकी हुन् ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु