काठमाडौ । अहिले विश्वभर कोरोनाको त्रास फैलिएको छ । यसको हावा अभिनेत्री दीपिका पादुकोणलाई पनि लागेको छ । उनी यस वर्ष पेरिस फेसन वीकमा उपस्थित नहुने बताइएको छ । विश्वभरि कोरोना भाइरसको खतरालाई ध्यानमा राख्दै उनले त्यहाँ जाने योजना रद्द गरेकी हुन् ।

उनी लक्जरी फेसन ब्रान्ड लुइस भिट्टन भ्रमण गर्ने योजनामा ​​थिइन । तर कोरोना भाइरस तिब्र गतिमा संसारभरी फैलिएपछि दीपिकाले आफ्नो यात्रा रद्द गर्नुपर्यो । फ्रान्सको राजधानीमा पेरिसमा २४ फेब्रुअरीदेखि सुरु भएको यो कार्यक्रम ३ मार्च सम्म चल्नेछ।

 

यो जानकारी दिँदै दीपिका आधिकारिक प्रवक्ताले भने, ‘दीपिका पादुकोण फ्रान्समा चलिरहेको पेरिस फेशन वीकमा लुइस भिट्टनको एफडब्ल्यू २०२० कार्यक्रममा सहभागी हुन जाँदै थिइन, तर कोरोनो भाइरसको नयाँ महामारी फ्रान्समा छ। यही कारण आफ्नो यात्रा रद्द गर्नुपर्‍यो ।’

 

दीपिका छिट्टै नै आउँदो फिल्म ‘८३’ मा देखा पर्नेछिन् । जसमा उनी कपिल देवकी पत्नी रोमी देवको अभिनयमा देखिने बताइएको छ । यस बाहेक उनी हलिउड हिट कमेडी फिल्म द इंटर्नको आधिकारिक हिंदी रीमेकमा पनि काम गर्ने छिन । जसमा दिपीकासँगै ऋषि कपूर देखा पर्नेछन् । फिल्म २०२१ मा रिलीज हुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु