काठमाडौ । पूर्वसभामुख एवं संसद सचिवालयकी कर्मचारी करणी आरोपी कृष्ण बहादुर महराले आफु थप बलियो भएर आउँने बताएका छन् । करणी प्रकरणमा झण्डै ५ महिना जेल जीवन बिताएका उनले अहिले सफाई पाएका छन् । पहिले भन्दा अलि असहज परिस्थितिमा गृह जिल्ला रोल्पा आएका पूर्वसभामुख कृष्णबहादुर महराको भब्य स्वागत गरिएको छ ।

रोल्पा प्रवेशद्धार खुंग्रीदेखि दर्जनौ स्थानमा स्थानीयहरुले फूल, माला र अबिरले स्वागत गरेका थिए । मेवाङस्थित आफ्नो घरको आगन हुँदै र्‍यालीमा सहभागिता जनाउन सदरमुकाम लिवाङ झरेका महरालाई बाजागाजासहित टुँडिखेलसम्म खुसियाली सभामा लगिएको थियो ।

 

गाउँ पुगेर महराले, ‘म आफू जन्मे हुर्केको ठाउँमा आएको छु। अलि भाबुक र खुसी पनि भएको छु’ भनेका छन् । खुसीयाली सभालाई सम्बोधन गर्दै महराले द्ध न्द्ध लाई शान्ति प्रकृयामा ल्याउन आफूले खेलेको भूमिका सुनाउदै, ‘अहिलेको यो व्यवस्था ल्याउने मध्यको एक व्यक्ति म पनि हो। म तीन पटकको वार्ता टोलीमा वार्ताकार हुँदै संविधानको मस्यौदाकार पनि हो।

 

संविधान सभा सदस्य समेत हो’ भन्ने उल्लेख गर्न भ्याएका छन् । उनले अहिले प्राप्त उपलब्धी सि ध्याउन एउटा तत्व सक्रिय रहेको बताउदै महराले देश र जनताले पाएको अहिलेको उपलब्धी सि ध्याउन चाहाने तत्वको षड्यन्त्रमा आफु परेको दुःखेसो गरेका छन् । राष्ट्रिय स्वाधिनताका लागि आफ्नो शिर कहिल्यै नझुकाउने पनि उनले स्पष्ट पारेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु