काठमाडौ । नेपालका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व बरियताको १०औँ स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व जुनियर ब्याडमिन्टनतर्फको वरियतामा प्रिन्स १०औँ स्थानमा पुग्न सफल भएका हुन् ।

यसअघि महासङ्घले गत पुस अन्तिम साता निकालेको विश्व वरियतामा उनी ११औँ स्थानमा, पुस दोस्रो साता १४औँ स्थानमा तथा मङ्सिरमा ३२औँ स्थानमा थिए । विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व वरियताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन् ।

उक्त वरियताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ छन् । दोस्रो स्थानमा भारतका मिइराव लुवाङ तथा तेस्रो स्थानमा पनि भारतकै बरुण कपुर रहेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको वरियता निर्धारण गर्ने गर्छ । प्रिन्स ‘जर्मन जुनियर इन्टरनेशनल सिरिज’ खेल्ने क्रममा हाल जर्मनीमा रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु