काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज विहानबाट मिर्गौला प्रत्यारोपण शल्यक्रिया शुरु भएको छ। प्रत्यारोपण विहान ९ बजेबाट शुरु भई पाँच घण्टामा सकिने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर अरुण सायमीले जानकारी दिए। मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो।

[caption id="" align="alignnone" width="768"] प्रतिकात्मक तस्वीर[/caption]

अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्काले सामान्यतया मिर्गौला प्रत्यारोपणपछि बिरामीलाई ५ देखि ६ दिनमा घर फर्काउन मिल्ने बताए। प्रधानमन्त्री ओलीले मंगलबार डाक्टरहरुसँग प्रत्यारोपणपछि एक हप्तामा मन्त्रिपरिषद्‌को बैठक बोलाउने बताएका छन्। प्रधानमन्त्री ओलीलाई अस्पतालको एनेक्स वार्डमा रहेको भिभिआइपी क्याबिनको ६०१ नम्बरमा राखिएको छ। अस्पतालमा भिभिआइपीका लागि ६०१ र ६०२ गरी दुईवटा क्याबिन बनाइएको छ।

 

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी खटिने भएका छन्। अस्पतालका कार्यकारी निर्देशक खड्गाका अनुसार ६ जना सर्जन, २ दुई एनेसथेसिस्ट, ८ जना नर्स तथा पारामेडिक्स उपचारमा खटिने छन्। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्दै छिन्। १२ वर्ष अघि पहिलो पटक मिर्गौला फेरेका प्रधामनन्त्री ओलीको यो दोस्रो प्रत्यारोपण हो। उनलाई ३२ बर्षीया संग्रोलाको मिर्गौला सबै प्रकारमा म्याच भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु