काठमाडौ । जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि महाराजगंज, काठमाण्डौं बसोवास गर्नुहुने धुर्व (टिकाराम) निरौला र अर्पणा बराल निरौलाले आफ्नो ५ महिना पुग्दै गरेकी छोरी सब्रिना निरौलाको पास्नी गर्ने खर्च बचाएर २ लाख २२ हजार २ सय २२ रुपैंया सहयोग गर्नुभएको छ ।

 

उहाँहरुले पास्नीको भोज भतेरमा लाग्ने खर्चमा थपेर धुर्मुस सुन्तली फाउण्डेशनलाई चेक प्रदान गर्नुभएको हो । यो निक्कै प्रसंशनीय र उदाहरणीय योगदान हो सिताराम कट्टेल धुर्मुसले जनबोलीलाई बताउँनुभयो । विलासी जीवनका लागि खर्च गर्नुभन्दा सहयोगको भावना आउँनु नागरिकमा आएको अकल्पनीय परिवर्तन हो ।

अहिलेको पुस्ता निक्कै परिवर्तनशील छ उहाँले थप्नुभयो । यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा धुर्व (टिकाराम) निरौला र अर्पणा बराल निरौलालाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं धुर्मुसले भावुक बन्दै प्रसंशा गर्नुभयो । फाउण्डेशनले उहाँको छोरी सब्रिना निरौलालाई सुस्वास्थ्य एवम् दिर्घायुको कामना गरेको छ ।

 

साथै विश्वका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीले निरौला परिवारले गरेको यो कार्य प्रसंशनीय हो भन्दै फेसबुकमा पोष्ट गरिरहेका छन् । तपाई पनि यस अभियानमा जोडिन चाहानुहुन्छ भने ०१४४८२९७१, ९८४१२२९९१२, ९८०३४७२४७६ ,९८५५०५४३४१ मा सम्पर्क गर्नुहोला । ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु