काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र मिर्गौला दिने समीक्षा संग्रौला नाताले मामा भान्जी पर्छन । भर्खर ३२ वर्ष पुगेकी समीक्षाले आज प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी छिन् । समीक्षाले मिर्गौला दिएपछि प्रधानमन्त्री ओलीको दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ ।

छोरीको यस कामलाई लिएर आमाबाबुले पनि प्रतिकृया दिएका छन् । समीक्षाका बुवा मेदनी संग्रौला र आमा मुना संग्रौला छोरीको आँट देखेर खुसीले गद्गद् छन् । समीक्षाकी आमा मुनाले भनिन् ‘छोरीलाई एकदम धन्यवाद दिन्छु, छोरीको आँट हिम्मत देखेर खुसी लागेको छ । उनले आँट गरेर प्रधानमन्त्रीलाई मिर्गौला दिएकी छन् । स्वास्थ्य लाभको कामना छ। राम्रो होस्। हामी पशुपतिनाथसँग प्रार्थना गर्छौं । एकदम राम्रो होस् ।’ समीक्षाका बुवा मेदनीले प्रधानमन्त्री र छोरीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

समीक्षाका बुवा मेदनीले भने ‘प्रधानमन्त्री जीलाई स्वास्थ्य लाभको कामना गर्छु । छोरी समीक्षाले आँट गरेर मिर्गौला दिइन् उनलाई पनि स्वास्थ्य लाभको कामना गर्छु।’ प्रधानमन्त्री ओलीको परिवारसँग समीक्षाको परिवारको राम्रो सम्बन्ध छ । उनीहरुले दसैंमा प्रधानमन्त्री ओलीबाट टीका लगाउने गरेका थिए ।

सम्बन्धित खबरहरु