काठमाडौ । क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर नेपालमा भित्र्याएको छ । नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएसंगै क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच र स्वीच गेयरहरु नेपाली बजारमा ल्याएको हो । काठमाण्डौंको सोल्टी क्राउन प्लाजामा सोमबार डिलर मिट कार्यक्रमको आयोजना गरी भारतमा उत्पादन भएको उक्त मोडुलर स्वीच तथा स्वीच गेयर सार्वजनिक गरिएको छ ।

 

कार्यक्रममा क्षमादेवी ग्रुपका प्रमुख होमबहादुर बस्नेतले थप बजारको आवश्यकता र मागलाई सम्बोधन गर्न गुणस्तरीय विद्युतीय सामग्री पुर्‍याउने उद्धेश्यले बहुराष्ट्रिय कम्पनी एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच तथा स्वीच गेयरहरु बजारमा ल्याएको बताउनुभयो । एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियरहरु विभिन्न रङ तथा फरक मूल्यमा बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

३ लाख पटक अन अफ गर्न सकिने यस स्वीचमा कम्पनीले १२ वर्षको ग्यारेन्टी दिएको छ । स्वीच आधुनिक मोडल, प्रविधिमैत्री र ब्याक्टेरिया फ्री रहेकाले विशेष गरी अस्पताल, ठुला परियोजना तथा होटेल र रेष्टुरेन्टमा प्रयोग हुने कम्पनीले जनाएको छ । क्षमादेवी ग्रुपले विगत १० वर्षदेखि नेपाली विद्युतीय बजारमा गुणस्तरीय विद्युतीय तथा बिल्डिङ सामग्रीहरु बिक्रि वितरण गरिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु