काठमाडौं । राष्टिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । राजपा अध्यक्ष मण्डलको बुधबार भएको बैठकले स्वदेशमै प्रधानमन्त्रीको सफल मिर्गौलाको प्रत्यारोपण भएकोप्रति खुशी व्यक्त गर्दै उहाँको स्वास्थ्यलाभको कामना गरेको हो । राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवको अध्यक्षतामा बसेको उक्त बैठकले कोरोनाका भाइरसको सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन आम जनसमुदायलाई अपिल गरेको छ ।

राजपाले रङ्गको पर्व होलीको पावन अवसरमा सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै चिकित्सकीय सल्लाह अनुसारको होली पर्व सचेतनापूर्वक मनाउन आग्रह पनि गरेको छ । साथै, सङ्घीय सरकारलाई प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी कोरोनाको सम्भावित रोकथाममा लाग्न सचेत गराएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु