काठमाडौं । अचानक भएको भयानक कार दुर्घटनामा १३ जनाको ज्यान गएको छ । भारतको कर्नाटकको टुमकुरु जिल्लामा कार र एसयुभीको ठोक्किँदा भएको दुर्घटनामा महिला र २ बालबालिकासहित १३ जानको ज्यान गएको हो ।

बिहीबार राति कुनिगल नजिकै दुर्घटना भएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् । तर, पुलिसले आज बिहान मात्रै सूचना प्राप्त गर्यो पुलिसका अनुसार दुर्घटना यति गम्भीर थियो कि १२ जनाको घटनास्थलमै मृत्यु भयो । उपचारको क्रममा एउटा बच्चाको मृत्यु भयो, जबकि ५ जनाको अवस्था गम्भीर छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

तुमकुरु एसपी वंशी कृष्णले भने कि दुर्घटनाको क्रममा एउटा कारले डिभाइडरलाई ठक्कर दियो । एसयूवी त्यसपछि कार संग टकरायो । प्रहरीले बिहान गाडीहरूबाट लाश बरामद गरेको छ । मृत्यु हुनेमा १० जना तमिलनाडु र ३ जना बेंगलुरुका हुन् । सबै कर्नाटकको धर्मस्थलको यात्रामा गएको बताइएको छ ।

सम्बन्धित खबरहरु