काठमाडौं । पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ का ५५ वर्षीय मधु श्रेष्ठ रहेका छन् । मोटरसाइकल चालक ६२ वर्र्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । चालक श्रेष्ठको मधु श्रीमती हुनुहुन्छ ।

तानसेनबाट बुटवल जाँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले सोही दिशामा गएको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घाइते हिमालको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु