काठमाडौं । काठमाडौं उपत्यका भित्र नै सरकारी गाडी दुर्घटनामा परेको छ । काठमाडौँको तारकेश्वर नगरपालिकामा स्वास्थ्य मन्त्रालय अन्तर्गतको सरकारी नम्बर प्लेटको गाडी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बा १ झ ६६५८ नम्बरको गाडी तारकेश्वर नगरपालिका–२ भेडीगोठमा शनिबार बेलुका सात बजेतिर दुर्घटनाग्रस्त भएको हो ।

गाडी सडक किनारको बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरी चौकी धर्मस्थलीले जानकारी दिएको छ । प्रारम्भिक अनुमान अनुसार चालकले मा'दक प'दार्थ सेव'न गरी तीव्र गतिमा चलाएको गाडी सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो । उक्त गाडी अहिले प्रहरी चौकी धर्मस्थलीको नियन्त्रणमा रहेको छ ।

 

गाडीमा चालक र अर्का एकजना रहेको स्थानीय बासिन्दाले बताए पनि दुवैजना फरार रहेको भन्दै प्रहरीले खोजि थालेको छ । ठक्करबाट भाँच्चिएको बिजुलीको पोल गाडीमाथि ढलेको भए पनि कोही घाइते नभएको भन्दै प्रहरीले थप आवश्यक अनुसन्धान थालेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु