काठमाडौं । ७० करोड कमिसन प्रकरणमा नाम जोडिएपछि राजीनामा दिनु भएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफ्नो बोली रुखो भएको बताउनु भएको छ । उहाँले आफुले सेक्युरिटी प्रिन्टङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नभएको दाबी गर्नुभएको छ ।

 

सेक्युरिटी प्रेस खरिदमा शक्ति केन्द्रको स्वार्थ पूरा नभएपछि आफूविरुद्ध नियोजितरुपमा अडियो सार्वजनिक गरेर बदनाम गराउने काम गरेको उहाँको आरोप छ । सातवटा मन्त्रालयका सह सचिव र निर्देशकसहितको नौ सदस्यीय समितिले बुझाएको प्रतिवेदनका आधारमा सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि बढाइएको बताउँदैं बाँस्कोटाले समितिले निकालेको अनुमानित लागतभन्दा १० अर्ब रुपियाँ कममा खरिद गर्न लाग्दा शक्ति केन्द्रहरुले चलखेल गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले शक्तिकेन्द्र भनेर कर्तातर्फ संकेत गर्नुभएको हो त्यो नखुले पनि नेकपा अर्का अध्यक्ष प्रचण्डतर्फ औला तेस्याएको जस्तो अनुमान गर्न सकिन्छ । बाँस्कोटाले समितिले प्रेस खरिद गर्नको लागि ३३ अर्ब लागत अनुमनसहितको प्रतिवेदन बुझाएपनि आफूले २३ अर्बमा प्रेस खरिद गर्ने प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “मैले गलत काम गरेको छैन, राष्ट्रलाई घाटा हुने कुनै निर्णय गरेको छैन, राज्यलाई फाइदा हुने काम गर्दा म माथि षडयन्त्र भयो । म देश बनाउन आएको हो, गलत नियत केहीपनि थिएन र छैन उनले भने, मेरो बोली छुच्चो होला तर नियत सफा छ ।’

 

राजीनामा दिएपछि उहाँले आफूले गलत नगरेको बताउँदै दोषी प्रमाणित भए सजाय भोग्न तयार भएको प्रतिक्रियादिनु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अडियो प्रकरण नियोजित षडयन्त्र भएको भन्दै बाँस्कोटाको बचाउ गर्नुभएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु