डा. सृजना शर्मा, उत्तर पूर्वीय क्षेत्रिय भाषा केन्द्र, गुवाहाटी, भारत । नारीहरूले विभिन्न समयमा आफ्नो उपस्थिति समयको डायरीमा अङ्कित तुल्याएका छन् । पश्चिमेली संसारमा विभिन्न समयमा नारीलाई केन्द्रमा ल्याउन गरिएका एकल तथा सामूहिक वि'द्रोहले नै नारीलाई वर्तमानको गरिमामय स्थितिसम्म पुऱ्याउन सहयोग पुगेको देखिन्छ । नारीहरूले विगत दुई शताब्दीयता भने आफ्नो उपस्थिति इतिहासमा अङ्कित गरिसकेको अवस्था छ । प्रस्तुत छ स'फरेज क्रा'न्ति देखि वर्तमान सम्म भएका केही यस्ता विशिष्ट नारीवादी नारीहरूको परिचय – नारीहरूले सफरेज आ'न्दोलनकालताका बाट समानताका निम्ति विभिन्न स'ङ्घर्षहरू गरिरहनु परेको ऐतिहासिक तथ्य भेटिन्छ । वर्तमान समयसम्म पनि विश्वका कतिपय स्थानमा नारीहरूको अझै पनि दयनीय स्थिति रहेका घटनाहरू समय समयमा देख्न सुन्नमा आइरहन्छन् ।

[caption id="" align="alignnone" width="953"] डा. सृजना शर्मा : बनारस हिन्दु विश्वविद्यालयमा विद्यावारीधी हुन् । प्राध्यापन पेसासँगै नारीवाद चिन्तनमा कलम चलाउँने लेखिका हुन् ।[/caption]

दिल्लीको निर्भयाको ब'ला'त्कार र ह''त्या, नेपालकी निर्म'लाको ब'ला'त्कार र ह''त्या, सुरैयालाई ढु'ङ्गाले कु'टेर मा'र्नु, पढ्छु भन्दा किशोरी म'लालालाई गो'ली दा'ग्नु, काजमा खटिएकी भेटनेरी डाक्टर बला''त्कृत भएर ह''त्या हुनु वा पछिल्लो समयमा नेपालका संविधान सभामूखबाट बला''त्कृत भएको भनिएको रोशनी साही का'ण्ड, (यद्यपि रोशनी का'ण्डका सभामूखलाई निर्दोष भनेर भरखरै दोषमुक्त गरियो) – यी सबै वर्तमान समयमा नारीको वास्तविक स्थितिलाई उजागर गर्ने केही प्रतिनिधि घटनाहरू हुन् । सफरेजबाट योजनाबद्ध थालिएका नारीवादी आ'न्दोलनले वर्तमानसम्म आइपुग्दा विभिन्न चरण पार गरिसकेको छ । नारीवादी आ'न्दोलनले प्रमुख चार तरङ्गमा आफ्नो यात्रा पूर्ण गरिसकेको ठानिन्छ ।

विश्वमा विभिन्न समयमा हुनेगरेका साना-ठूला आ'न्दोलनलाई नारीवादी आ'न्दोलनकै अ'ङ्ग उपा'ङ्गका रूपम अध्ययन गर्न सकिन्छ । ती मध्ये केहीको चर्चा यहाँ गरिनेछ । एकातिर सफरेजबाट भोटको अधिकारका निम्ति सङ्घर्ष गर्ने नारीहरूबाट थालिएको यो आ'न्दोलनले हिलारी क्लिन्टनसम्म आइपुग्दा प्रथम नारी राष्ट्रपति पदका उम्मेद्वारका रूपमा प्रत्यासी भएर उभिन सफल भएको पाइन्छ । तराना बुर्केले “मी टु” आ'न्दोलनद्वारा नयाँ तरङ्ग ल्याइन् भने पढ्न पाउने अधिकारका निम्ति ज्या'नै बा'जी लगाउने प्रेरक मलाला जि'उँदै छिन् । प्रस्तुत लेखमा नारीवादी चिन्तनद्वारा नारी विमर्शलाई नयाँ आयाम प्रदान गर्ने प्रमुख प्रतिनिधि नारीबारे केही विवरण प्रस्तुत गरिनेछ ।

सफरेज
नारीवादीहरूले एउटै स्वरमा आफ्ना हक हितका निम्ति सफरेज आ'न्दोल चलाएका थिए । यसले मूलतः नारीले पनि भोट दिने अधिकार पाउनुपर्छ भन्ने मान्यता राखेको थियो । फलतः संसारका विभिन्न प्रान्तमा नारीहरूले विस्तारै मतदानको अधिकार प्राप्त गरे । भारत स्वतन्त्रता प्राप्तिपछि भारतीय संविधानले नारीहरूलाई मतदानको अधिकार स्वतः प्रदान गरेको छ ।आ'न्दोलनको परिणामका रूपमा नारीहरूले १९२० मा प्रथमपल्ट पश्चिमेली समाजमा मतदानको अधिकार प्राप्त गरे। यस आ'न्दोलमा सक्रिय सहभागिता जनाउनेहरूमध्ये मेरी विलस्टोनक्राफ्ट, सुसन बी एन्थोनी, एलिस स्टोन ब्ल्याकवेल, एलिजाबेथ क्याडी स्टानटन, एमिलिन प्यान्कहर्स्ट, सोजोर्नर ट्रुथ आदिको विशेष स्मरण गरिने गरिन्छ ।

सिमोन द बोउवार

एकजना निर्भिक राजनैतिक कार्यकर्ता, लेखक तथा सामाजिक सिद्धान्तवेत्ताका रूपम प्रसिद्ध बोउवार अस्तित्ववादी चिन्तक हुन् । उनको द सेकेन्ड से''क्सलाई का'ल'जयी कृतिका रूपमा लिइन्छ । १९४९ मा प्रकाशित यो कृतिले तत्कालीन समाजमा निकै हलचल ल्याएको थियो । यसले नारीवादको वर्तमान अवस्थासम्म आइपुऱ्याउन निकै महत्त्वपूर्ण योगदान दिएको मानिन्छ । यो निकै प्रभावशाली तथा आफ्नो समयको अत्यन्त विवादास्पद कृति भएका कारण कति समयसम्म यस पुस्तकलाई भ्याटिकनद्वार प्रतिबन्धित पनि तुल्याइएको थियो । प्रस्तुत पुस्तकले पितृसत्ता तथा सामाजिक निर्मितिद्वारा निर्मित नारीका निम्ति साँघुरो घेराबारे विस्तृत आलोचना र विश्लेषण गरेको छ । यसलाई नारीवादीहरूद्वारा थालिएको निर्भिक यु;द्ध भनियो भने कतिपयले यसलाई गौण पोर्न भनेर आलोचना समेत गरेको पाइन्छ ।

एलिनोर रोजवेल्ट
एलिनोर रोजोवेल्टले राष्ट्रपति फ्रान्कलिन डी रोजवेल्टले चार कार्यकालसम्म राष्ट्रपति पद सम्हालिरहँदा संसारमै सर्वाधिक समयसम्म प्रथम नारीका रूपमा संयुक्त राष्ट्रमा आफ्नो कर्तव्य निर्वाह गरिरहिन् । उनले विभिन्न प्रोटोकोल तथा ब'न्देज हुँदा हुँदै पनि निरन्तर नारीका समस्या उठाएर नारी हकहितका निम्ति कार्य गरिन् । उनको व्यक्तित्व सानैबाट निर्भिक थियो । उनले नारीको हक हितका निम्ति ‘विमेन्स ट्रेड युनियन लिग’ तथा ‘द इनटरनेशनल कङ्ग्रेज अब् वर्किङ विमेन’-मा पनि कार्य गरेको थाहा लाग्दछ ।

रोजवेल्टले निरन्तर रूपमा १९३५ देखि १९६२ सम्म “माइ डे” नामक कलम लेखेर पत्रिकामा छपाइरहिन् । त्यसमा नारीका कार्य, समानता तथा अधिकारबारे केन्द्रित उनका अभिमत निकै नै वि'वादास्पद मानिन्थे । एक त नारी, त्यस माथि पनि प्रथम नारीको ओहोदामा भएकी कारण सामाजिक दायित्त्व तथा प्रोटोकलका साँघुरा घेरामा रहेर यस्ता कार्य गर्नु त्यसबेला रोजोवेल्टलाई सहज थिएन । तर पनि उनले निरन्तर लेखिरहिन्, बोलिरहिन्, गरिरहिन् । प्रथम नारी बाहेक उनी संयुक्त राष्ट्रसंघमा जाने प्रथम नारी प्रतिनिधि पनि भइन् ।

रोजवेल्टले युएनमा मानव अधिकार आयोगकी प्रथम नारी अध्ययक्षका रूपमा पनि पदभार सम्हालिन् । पछि जोन एफ केनेडीको कार्यकालमा पनि उनले नारीहरूको स्थितिबारे गठित राष्ट्रपति आयोगमा पनि कार्याभार सम्हालिन् । यसरी यी विभिन्न महत्त्वपूर्ण पदभार सम्हालेर आजीवन निरन्तर उनले नारी समानता तथा नारी समस्याबारे सल्लाह, सुझाव र सुधारका कार्यहरू अघि बढाइरहिन् ।

मार्लिन डेयट्रिच
यिनले नारीवादी आ'न्दोलनमा प्रत्यक्ष कार्य गरेकी थाहा लाग्दैन । तर यिनले हजारौँ लाखौँ नारीलाई सामाजिक वर्जनाबाट मुक्त गराएकी छन् । यिनले फेसनका माध्यमबाट यसो गरेकी हुन् । हलिहुडका नारी कलाकारका रूपमा यिनले पेन्ट र लोग्ने मान्छे जस्तो सुट लगाएर प्रस्तुत हुँदा सारा संसार चकित भयो । १९३० को त्यो समयसम्म नारीहरूले पुरुष परिधान पहिरेमा जे'ल सजायसम्म दिइन्थ्यो । उनको प्रसिद्ध भनाइ यस्तो छ – म छविका निम्ति परिधान पहिरिन्छु, आफ्ना निम्ति होइन, न त जनमानस, फेसन वा लोग्ने मान्छेका निम्ति नै । यसपछि नै नयाँ पिढीले उनलाई पछ्यायो र आज नारीहरू छिटा छरिता पुरुष जस्ता देखिने परिधान लगाउन स्वतन्त्र छन् । उनका कारण नारीहरूमा नयाँ आत्मबल जाग्यो र उनीहरू सुट लगाउँदा बढी सहज र शक्तिशाली व्यक्तित्वम परिणत भएको बोध गर्न सक्षम बने ।

रोजी द रिभरेटोर
हुन त यो एउटा चरित्र हो । दोस्रो विश्वयु'द्ध'ताका पुरुषहरू वि'श्वयु''द्धमा व्यस्त भएका समयमा अमेरिकी नारीहरूका निम्ति सांस्कृतिक प्रतिष्ठाका रूपमा नारीहरूलाई पुरुषहरूद्वारा गरिआएका कार्यहरूको भार दिइयो । उनीहरूले हात, ह'ति'यार, ठुला ठुला कल कारखाना, ब''म बा''रुद, गो''ला आदि सबै निर्माण कार्यमा पुरुष सरह भाग लिन थाले । राज्यद्वारा पनि नारीहरूलाई प्रेरित गरियो । १९४२ मा रेड इभान र जोन जेकब लियोबद्वारा लेखिएको ‘रोजी द रि'भरेटर’ नामक गीतलाई प्रेरक गीतका रूपमा लिइन्छ । त्यसयता पुरुषद्वारा एकछत्र अधिनस्थ कार्यहरूमा नारीको प्रवेश भयो । यसरी शारीरिक श्रममूलक कार्य तथा कलकारखाना हा'त ह'ति'यार निर्माणकार्य अनि नारी व'र्जित ठानिएका सबै क्षेत्रका कामकाजमा नारीहरूलाई पुग्न र आफ्नो दक्षता देखाउने अवसर प्राप्त भयो । यसर्थ आर्थिक र सामाजिक सबलतामा नारीहरूको जीवनमा निकै बृहत् परिवर्तन आयो । यस छविलाई नारीवादीले सशक्त नारी छविका रूपमा प्रेरक ठानेका छन् ।१९४० को दशक यता नारी जीवनलाई सामाजिक घेरामा फराकिलो स्तरमा उक्लन यो छविको महत्त्वपूर्ण योगदान रहेको ठानिन्छ ।

बेट्टी फ्रायडन
१९६३ मा द फेमिनिन मिस्टिकबाट प्रसिद्ध हुने बेट्टी फ्रायडन नारीवादीका निम्ति महत्त्वपूर्ण नाम हो । १९६० र ७० को दशकमा अस्तित्वमा आएको सेकेन्ड वेभ फेमिनिजमका कारकका रूपमा प्रस्तुत पुस्तकको अनिवार्य उल्लेख हुने गर्दछ । फ्रायडनका योगदानमध्ये नेशनल विमेन्स पोलिटिकल ककेससको स्थापना गरेर नारी समानतालाई स्थापित गर्न खातिर गरेका निरन्तर सङ्घ'र्षलाई महत्त्वपूर्ण मानिन्छ । फ्रायडनले विमेन्स स्ट्राइक फर इक्वालिटी इन १९७० भनेर १९७० मा एउटा ह'डताल आयोजना गरिन् जसका कारण अमेरिकामा नारी आ'न्दोलन जनप्रिय बन्यो । यिनी अमेरिकी नारीवादी लेखिका हुन् । १९६६ मा यिनले नेशनल अर्गनाइजेसन फर विमेन (एन ओ डब्ल्यु) –को संस्थापक अध्ययक्षका रूपमा कार्याभार सम्हालिन् । यस संस्थाको मूल उद्देश्य भनेकै अमेरिकी समाजको मुख्य धारमा नरकै बराबरी सहभागिता नारीलाई पनि प्रदान गराइनु हो भन्ने रहेको थियो । यसकै छत्रछायामा स्ट्राइक गराएर उनी लोकप्रिय नारीवादीका रूपमा प्रतिष्ठित भइन् । उनले राज्यमा नारी सम्बन्धी विभिन्न सुधारका विधिहरू निर्माण हुन् भनी कार्य गरिन् । नेशनल एसोसिएसन फर द रिपिल अब् एबोर्सन लजका सूत्रधारक पनि यिनै थिइन् । उनले छ वटा पुस्तक लेखेकी छन् –

  • द सेकेन्ड स्टेज ९१९८१०
  • द फेमिनिन मिस्टिक ९१९६३०
  • इट चेन्जड माइ लाइफ – राइटिङ्स अन द विमेन्स मुभमेन्ट
  • बियोन्ड जेन्डर
  • द फाउन्टेन अब् एज
  • लाइफ सो फार -अटोबायोग्राफी – २००००

यी बाहेक उनले थुप्रै म्यागजिन र खबर पत्रिकाका निम्ति निरन्तर लेखिन् – जस्तै –

  • म्याक्कल को पत्रिकामा १९७१/१९७४ – कलम लेख्थिन् ।
  • द न्युयोर्क टाइम्स म्यागजिन, न्युजडे, हार्परको शनिवारको रिभ्यु, म्याडमिसेली, लेडिज होम जर्नल, फ्यामिली सिरेली, टिभी गाइड एन्ड द ट्रु म्यागजिन ।

ग्लोरिया स्टाइनेम
मदर अब् फेमिनिजम भनेर ग्लोरिया स्टेयिनेमलाई सम्बोधन गर्न गरिन्छ । उनले १९६०-७० को दशकमा नारीवादका विकासका निम्ति अथक कार्य गरेको थाहा पाइन्छ । उनले मिस म्यागजिन, विमेन्स एक्सन एलायन्स, नेसनल विमेन्स पोलिटिकल ककस, विमेन्स मिडिया सेन्टर जस्ता संघ संस्थाको स्थापना गर्दैनारी केन्द्रित विभिन्न संघ संस्थाको संयोजन र स्थापनामा आफ्नो महत्त्वपूर्ण भूमिका प्रस्तुत गरेकी छन् । यसैले त विभिन्न संघ संस्थाद्वारा उनलाई समय समयमा पुरस्कृत र संवर्धिति पनि तुल्याएको छ । २०१३ मा प्रेसिडेन्टल मेडल अब् फ्रिडम तथा नेसनल विमेन्स हल अब् फेम १९९३ मा प्रदान गरियो । यिनले यद्यपि नारीवादी आ'न्दोलनमा नेतृत्व प्रदान गर्दै आएकी छन् । उनका प्रकाशित कृतिहरू हुन् –

  • द थाउजन्ड इन्डियाज (१९५७)
  • द बिच बुक (१९६३)
  • आउटरेजस एक्टस् एन्ड एभ्रिडे रिबेलियन्स (१९८३)
  • मेरिलिन – नोरमान जिन (१९८६)
  • रि'भोलुसन फ्रम विदिन (१९९२)
  • मुभिङ बियोन्ड वर्ड्स (१९९३)
  • डुइङ सि'क्सटी एन्ड सेभेन्टी (२००६)
  • माइ लाइफ अन् द रोड (२०१५)
  • द ट्रुथ विल सेट यु फ्रि, बट फर्स्ट इट विल पिस यू अफ् (२०१५)

एन्जिला डेभिस
एन्जिला वाइबोनी डेभिस एकजना अमेरिकी राजनैतिक कार्यकर्ता, दार्शनिक, लेखक तथा विदुषीका रूपमा प्रतिष्ठित छन् । यिनी क्यालिफोर्निया विश्वविद्यालयकी भूतपूर्व प्राध्यापक पनि हुन् । हम्बोल्ट विश्वविद्यालयबाट पिएचडी गरेकी डेभिसले दशवटा भन्दा बढी महत्त्वपूर्ण पुस्तक लेखिसकेकी छन् । सिभिल राइट्स मुभमेन्टसमा महत्त्वपूर्ण योगदान दिने एन्जिला डेविस काला नारीवादका एकजना सशक्त स्वर हुन् । यिनले काला नारीका निम्ति ब्ल्याक पावर मुभमेन्ट्स की एकजना महत्त्वपूर्ण व्यक्तिका रूपमा नेतृत्त्व प्रदान गरेकी छन् ।

यिनका समय समयका अतिवा'दी कृ'त्य तथा राजनैतिक विरोधका कारण विवाद र आलोचना पनि प्रशस्तै भएका पाइन्छन् । यद्यपि उनी निरन्तर विगत छ दशकदेखि नारी अधिकारको विकासका निम्ति सङ्घर्षरत छिन् । उनले भरखरै २०१७ मा विमेन्स मार्च अन वासिङ्टन मा अनरेरी को-चेयरको पदभार ग्रहण गरेकी थिइन् । उनी कम्युनिस्ट पार्टीकी सक्रिय सदस्य पनि थिइन् । १९९१ मा फेमिनिस्ट स्टडिज डिपार्टमेन्ट एट द युनिभर्सिटी अब् क्यालिफोर्निया मा उनी आबद्ध भइन् र पछि विभागकी निदेशक भएर २००८ मा रिटायर्ड भइन् ।

लेनिन पिस प्राइजले सम्मानित भएकी डेभिस एकजना निर्भिक, हठी, निरन्तर सङ्घर्षशील नारी लेखिका हुन् । उनले रेडिकल फेमिनिस्ट, ब्ल्याक प्यान्थर पार्टी का कार्यकर्ताका रूपमा पनि प्रसिद्धि र आलोचना दुवै खेप्नु परेको थियो । क्यालिफोर्निया विश्वविद्यालयले उनलाई दुईपल्ट निष्काशित पनि गरेको थियो । १९६९ मा उनलाई कम्युनिस्ट पार्टीको सदस्या भएका निउमा निष्कासित गरेपछि पुनः पछि पुनर्बहाली गरेको थियो । यस्तै १९७० मा उनले विभिन्न वार्ताहरूमा आ'पत्तिज'नक शब्द प्रयोग गरेको भन्दै पुनः निष्कासित गरेको थियो । उनलाई उनका साथीहरूका निम्ति हात ह'ति'यार किनेको आरोपमा केही वर्ष जे'ल पनि हा'लियो ।उनले किनेका ह'तिया'रद्वारा उनका दुईजना मित्रले एकजना जज लगायत चारजनाको ह''त्या गरेका थिए ।यिनका १२ वटा प्रकाशित कृतिहरू विशेष उल्लेखनीय मानिन्छन् ।

बेल हुक्स
बेल हुक्स एकजना अमेरिकी लेखकका रूपमा प्रतिष्ठित छिन् । उनका पुस्तकहरूमा विशेषगरी नारी दमन, नारीका अधिकार तथा जातिवादका मुद्दाहरू बढी मुखर भएका पाइन्छन् । उनका ३० वटा भन्दा बढी पुस्तकहरू प्रकाशित भइसकेका छन् । यी मध्ये पनि एन्ट आइ ए विमेन व्ल्याक विमेन एन्ड फेमिनिजम ९ १९८१०, फेमिनिन थियरी( फ्रम मार्जिन टु सेन्टर (१९८४), टकिङ ब्ल्याक – थिङ्किङ फेमिनिस्ट, थिङ्किङ ब्ल्याक (१९८९) र फेमिनिजम फर एभ्रिबडी – प्यासोनेट पोलिटिक्स (२०००) जस्ता कृतिहरू विशेष उल्लेखनीय मानिन्छन् । उनले फेमिनिजम थियरीमा नारीवादले लैङ्गिक वि'भेदका वि'रुद्ध गर्ने आ'न्दोलन हो , यसले लैङ्गिक विभेद र शोषण र दमनलाई अन्त गर्दछ भनेर उद्घोषणा गरेकी छन् । यसको अर्थ हुन्छ – नारीवादी आ'न्दोलन भनेको लै'ङ्गिक वि'षमतालाई अन्त गर्ने, यौ'नि'कताको आधारमा हुने द'मन, उपे'क्षा र दो'हनलाई अन्त गर्ने आ'न्दो'लन हो । यिनले बालबालिकाका निम्ति पनि थुप्रै पुस्तक लेखेकी छन् । विभिन्न उपाधी र पुरस्कारले यिनलाई सम्मानित र अभिनन्दन गरिएको छ । यिनी मूलतः वामपन्थी, उत्तरआधुनिक चिन्तक तथा सांस्कृतिक समालोचकका रूपमा प्रतिष्ठित छिन् ।

बार्बरा वाल्टरले समाचार वाचकका रूपमा विश्वभरि नै प्रशंसा कमाएकी छन् । १९६० को दशकबाट टिभी कार्यक्रम प्रस्तोताका रूपम छिरेकी बार्बरा एकजना सफल टिभी पत्रकार हुन् । उनले लिएका विभिन्न अन्तर्वार्ताका कारण उनको ख्याति चुलिएको छ । यिनी लाखौँ नारीका निम्ति पथप्रदर्शक र प्रेरणा श्रोत बन्न पुगेकी छन् । उनी समाचार कार्यक्रममा प्रथम नारी सह-प्रस्तोताका रूपमा प्रतिष्ठित व्यक्तित्व हुन् ।उनका प्रकाशित कृति हुन् –

  • हाउ टु टक विथ प्राक्टिकल्ली एनिबडी एबाउट प्राक्टिकल्ली एनिथिङ ९ १९७००
  • अडिसन – ए मेमोयर ९२००८०

क्रोरेटा स्कट किङ
क्रोरेटा एकजना अमेरिकी लेखिका, सामाजिक कार्यकर्ता, नागरिक अधिकारकर्मी नेतृ तथा मार्टिन लुथर किङ जुनियरकी पत्नी हुन् । १९६० को सिभिल राइट्स मुभमेन्टसकी सक्रिय कार्यकर्ताका रूपमा यिनको योगदान अविस्मरणीय मानिन्छ । यिनले र'ङ्गभे'द, शान्ती बहाली तथा एलजीबि'टी समानताका निम्ति महत्त्वपूर्ण कार्य गरेको थाहा लाग्दछ । यिनले नारी समानताका निम्ति आजीवन कार्य गरिरहिन् । १९६६ मा स्थापित नाउ (नेसनल अर्गनाइजेसन फर विमेन) –को स्थापनामा पनि यिनको सहयोग महत्त्वपूर्ण रह्यो ।

माया एन्जेलो
यिनलाई एकजना सशक्त नारी आत्मलेखकका रूमपा विशेष चिनिन्छ । अमेरिकी कवि, गायक, संस्मरणकार, तथा नागरिक अधिकार कर्मीका रूपमा प्रतिष्ठित मायाका सातवटा अटोबायोग्राफी प्रकाशित छन् । उनका तीनवटा निबन्ध सङ्ग्रह, कविताका कतिपय संग्रहका साथै नाटक, फिल्म, अनि टिभी सोमा पनि उनका कार्य प्रकाशित भएका छन् ।
यिनले नायिका, लेखक, निर्देशक, निर्माताका रूपमा विभिन्न नाटक र फिल्मका निम्ति पनि कार्य गरेकी छन् । यिनले आफ्ना कार्यका माध्यमबाट अफ्रो अमेरिकीलाई धेरै प्रेरणा प्रदान गरेकी छन् । यसरी उनलेक लैङ्गि'क अस'मानता तथा रङ्गभे'दबाट मु'क्ति दिलाउन सहयोग गरेकी छन् । उनलाई २०११मा प्रेसिडेन्टल मेडल अब् फ्रिडम प्रदान गरियो । उनका ३६ वटा पुस्तक, ७वटा अटोबायोग्राफी प्रकाशित छन् । पचासवटा प्रशंसात्मक डिग्रीहरूद्वारा पनि यिनलाई सम्मानित गरिएको पाइन्छ । यिनलाई ‘ब्ल्याक विमेन्स पोयट लरेट’-को उपाधि पनि प्रदान गरिएको छ ।

औद्रे लोर्ड
औद्रेलाई अमेरिकी लेखक, कवि, नारीवादी, वुमनिस्ट तथा नागरिक अधिकारकर्मीका रूपमा चिनिन्छ । उनका कवितामा सामाजिक तथा नागरिक अन्याय विरुद्धका स्वरहरूका साथै नागरिक अधिकार, नारीवाद, समलि'ङ्गवाद, रोग, असक्षमता तथा काला नारीको परिचयको सङ्कट जस्ता विषयहरू समावेश छन् । एलिस वाकरले वुमनिस्ट शब्द निर्माण गरेकी हुन् । जसले काला नारी तथा अल्पसङ्ख्यक नारीलाई छुट्टै परिचय दिन्छ । लोर्डका कृतिमध्ये महत्त्वपूर्ण मानिने कृति हुन् –

  • द ब्ल्याक युनिकोर्न (१९७८)
  • द क्यान्सर जर्नल्स (१९८०)
  • युजेज अब् इरोटिक – इरोटिक एज ए पावर (१९८१)
  • सिस्टर आउटसाइडर्स – एस्सेज एन्ड स्पिचेस (१९८४)
  • योर साइलेन्स विल नट प्रोटेक्ट यु – एस्सेज एन्ड पोयम्स (२०१७)

यिनका कृतिमा का'ला नारी तथा समलि'ङ्गी हु'नुले उ'ब्जाएको नारी परिचयको सङ्कट मुखर भएको पाइन्छ । थियोरी अब् डिफरेन्सलाई यिनले प्रतिपादन गरिन् । यसैलाई वर्तमानमा इन्टरसे'क्सना'लि'टी भनिन्छ । उनको प्रसिद्द भनाइ छ – हामीमा विविधता छ, त्यो हाम्रो वि'भेदको कारक होइन बरू हामीले आफ्ना विविधतालाई चिनेर, स्वीकार गरेर उत्सव मनाउन नसक्नु नै हामीमाझमा खाडल उत्पन्न गर्ने कारक हो । यिनले नारीवादलाई परिभाषा दिने क्रममा नारीवादलाई विभिन्न आ'न्दोलको स'ङ्कलन हो भनेकी छन् । ती आ'न्दोलनको सामूहिक लक्ष्य भनेको समान राजनैतिक, आर्थिक, सांस्कृतिक, वैयक्तिक तथा सामाजिक अधिकार नारीहरूका निम्ति सुनिश्चित गर्नु हो । यसका निम्ति नारी र पुरुषमाझमा रहेको वि'विधता र वि'भेदलाई चिन्हित गर्नु पर्छ भन्ने उनको धारणा रहेको छ ।

रूथ बाडर गिन्जसबर्ग
रूथ अमेरिकाकी एकजना प्रतिष्ठित वकिल तथा न्यायाधीश हुन् । १९७० मा विमेन्स राइट्स ल रिपोर्टरको सह स्थापना गरेकी रूथले अमेरिकाको सर्वोच्च न्यायालयमा पीठाधीशका रूपमा सफल कार्याभार सम्हालेकी थिइन् । नारीको वेदनालई विधिको दायरामा ल्याएर न्यायमा नारीको पहुँच सुनिश्चित तुल्याउने उद्देश्यले उनले अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू) मा नारी अधिकार प्रोजेक्टको सहस्थापना गरिन् । उनी १९९३मा बिल क्लिन्टन सरकारद्वारा नियुक्त भएर दोस्रो नारी न्यायाधीशका रूपमा विश्वविख्यात भइन् । नारी अधिकारका निम्ति निरन्तर कार्य गर्ने यिनी विश्व नारीहरूका प्रेरणाश्रोत हुन् ।

योको ओनो
योको ओनोलाई एकजना मानवतावादी कलाकारको प्रतिष्ठा प्रदान गरिएको पाइन्छ । यिनले आफ्ना पति जोन लेननसितमिलेर शान्तिकानिम्ति आयोजित थुप्रै विरोध कार्यक्रममा आफ्नो सहभागिता जनाएकी छन् । २०१२(मा डा. रेइनर हिल्डेब्रान्ड्ट ह्युमन राइट्स एवार्डले सम्मानित ओनो जापानीमूलकी एकजना अमेरिकी मल्टिमिडिया कलाकार, सङ्गीतकार, गायक अनि शान्तिका निम्ति निरन्तर लागिरहने मानवतावादी कार्यकर्ता हुन् । उनी फिल्म बनाउन तथा कलाकारिता तथा चित्रकारिताका क्षेत्रमा पनि सक्रिय छिन् । यिनलाई गोल्डन लायन अवार्ड २००९ मा प्रदान गरिएको थियो । १९९७ मा उनले लेखेको एउटा निबन्ध द फेमिनाइजेसन अब् सोसायटीले तत्कालीन नारीवादी आ'न्दोलनलाई दिशा निर्देश दिने कार्य गरेको पाइन्छ ।

१९६० कै दशकबाट शान्ति स्थापना तथा मानव अधिकारका निम्ति सक्रिय कार्य गरिरहेकी ओनोले विभिन्न कार्यक्र वा साङ्गितिक कार्यक्रमद्वारा पनि शान्ति कै पक्षमा आफू उभिएको देखाएकी छन् । वार इज ओभर, इफ यु वान्ट इट – ह्याप्पी क्रिस्मस फ्रम जोन एन्ड योको भनेर शान्ति स्थापनाको प्रयत्न स्वरूप १९६९ मा यस्तो सन्देश प्रसारित गरेका थिए । उनले सदैव खुला रूपमै नारीवादको पक्षधरता अनि जातिवादको विपक्षमा उभिएर आफ्ना कार्यद्वारा लि'ङ्गभेदबारे आवाज उठाएकी छन् । सबै किसिमका विभेदले केवल घृणा बढाउँछ भन्दै समानतायुक्त समाजको परिकल्पना योकोले पनि गरेकी छन् । उनले अझै पनि विभिनन अवसरहरूमा आफ्ना कलाद्वारा मानवताको पक्षमा आफू उभिएको दर्शाउँदै आएकी छन् ।

एलिस वाकर
एलिस एकजना अमेरिकी उपन्यासकार, कथाकार, कवि, निबन्धकार, सामाजिक कार्यकर्ता हुन् । पुलित्जर प्राइज फर फिक्सन तथा नेसनल बुक एवार्डद्वारा उनको उपन्यास द कलर पर्पललाई १९८२ मा प्रदान गरिएको थियो । एलिस वाकरले काला नारीवादी आ'न्दोलनलाई नयाँ दिशा प्रदान गरेकी छन् । नारीवादीहरूबाट काला नारीवादीलाई भिन्नै र विशिष्ट स्थानमा राखिनुपर्दछ भनेर अलग्याउन वुमनिजम शब्द निर्माण गर्ने एलिस श्वेत नारीको समस्याभन्दा काला नारीको समस्याहरू नितान्त फरक हुन्छन् भन्ने मत राख्छिन् । एमएस म्याग्जिनमा ग्लोरिया स्टेनियमपूर्व उनी डा. मार्टिन लुथर किङससित मिलेर नागरिक अधिकार आ'न्दोलनमा सक्रिय कार्यकर्ताका रूपमा कार्यरत थिइन् । यसको द कलर पर्पलले धेरै प्रसिद्धि पायो । यस पुस्तकमा आधारित फिल्मले पनि धेरैवटा पुरस्कार प्राप्त गरेको छ । यो पुस्तकको प्रकाशनका दुई वर्षपछि एलिसले वाइल्ड ट्रिज प्रेस नामक प्रकाशन गृहको स्थापना गरेर नारीवादीका निम्ति प्रकाशन गृह पनि यिनले स्थापना गरिन् । काला नारीहरूको स्वर पनि समाजमा सुनियोस तथा उनीहरूको विचारलाई पनि महत्त्व दिइयोस् भन्नेतर्फ उनको प्रयास केन्द्रित देखिन्छ । नारीवादी आ'न्दोलनमा एलिसको महत्त्वपूर्ण देन भनेकै यही हो ।

एलिसले १९८३ मा इन सर्च अब् आवर मदर्स गार्डन्स नामक सङ्ग्रहमा वुमनिजम शब्द निर्माण गरेर उनले काला नारीवादीहरूलाई अन्य नारीवादीबाट भिन्न हुन् भनेर देखाउने कार्य गरिन् । वुमनिजम शब्द काला नारीहरूबारे तथा उनीहरूका समस्यालाई समाजसामू राख्न सक्ने विमर्श हो भनेर यसलाई परिभाषित गरेकी छन् । वुमनिजम एउटा आ'न्दोलनका रूपमा १९८५ मा अमेरिकन एकेडेमी अब् रिलिजियनतथा द सोसायटी अब् बिबिलिकल लिटरेचर मा काला नारीका समस्या र सरोकारलाई उनीहरूको बौद्धिक, शारीरिक , भौतिक तथा आध्यात्मिक दृष्टिकोणबाट सम्बोधन गर्ने क्रममा गति लिएको देखिन्छ ।

हिलारी क्लिन्टन
हिलारी डियाने रोधाम क्लिन्टन एकजना अमेरेकी राजनीतिज्ञ, राजनयिक, कूटनितिज्ञ, अधिवक्ता, लेखक तथा सार्वजनिक वक्ता हुन् । यिनी १९९३ देखि २००१ सम्ममा प्रथम महिलाका रूपमा, २००१ देखि २००९ सम्म न्यू योर्ककी सिनेटर, २००९ देखि २०१३ सम्म ६७औँ युनाइटेड स्टेटकी सेक्रेटरी अब् स्टेटका रूपमा कार्यरत थिइन् । उनी अमेरिकाकी प्रथम महिला राष्ट्रपतिकी दावेदार भएर चुनावमा डेमोक्रेटिक पार्टीबाट २०१६ मा चुनावमा पनि उठेकी थिइन् ।

उनले राष्ट्रपतिकी पत्नी भएका बेला हेल्थ केयर रिफर्मका निम्ति उल्लेखनीय कार्य गरिन् । क्लिन्टन हेल्थ केयर प्लानलाई अनुमति सदनले नदिए पनि रोक्नु परे पनि उनले बालबालिकाका निम्ति स्टेट चिल्ड्रेनस् हेल्थ इन्सुरेन्स प्रोग्राम, काख लिनेका निम्ति द एडोप्टेसन एन्ड सेफ फेमिलिज एक्ट तथा फोस्टर केयर इन्डिपेन्डेन्स एक्ट जस्ता विषयमा उनको महत्त्वपूर्ण योगदान रह्यो । राजनयिकका रूपमा पनि उनी चर्चित रहेकी छन् । सितम्बर १९९५ मा उनले बिजिङमा युएन फोर्थ वर्ल्डको आफ्नो सम्बोधनमा मानव अधिकार नारी अधिकार नै हो र नारी अधिकार पनि मानव अधिकार हो भनेर गरेको सम्बोधन विश्वप्रसिद्ध छ ।

नारीलाई आफ्नो परिचयको सङ्कटबाट निजात दिलाउन विभिन्न समयमा अथक प्रयास गर्ने हजारौँ नारीहरूको सङ्घर्षको कथा अझै लेखिनु नै छ । तर केही विशिष्ट नारीहरूले समाजलाई नेतृत्व दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेहुनाले र उनीहरूलाई तत्कालीन समयका साथै आगामी समयले पनि पछ्याउने र पत्याउने भएकाले नै उनीहरू विशेष स्मरणीय र उल्लेखनीय बन्न पुग्दछन् । २०२०को नारीदिवसको पूर्वसन्ध्यामा विश्वमा आआफ्ना परिचयको सङ्कट बेहोरेर पनि सदैव सङ्घर्षशील नारीहरू एक्लै सङ्घर्ष गरिरहेका होऊन् वा समूहमा – सबै सबैमा हार्दिक नमन तथा नारी दिवशको शुभकामना ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु