काठमाडौ । होली भन्ने वित्तिकै रंगहरुको पर्व हो । नेपालमा भने यो पर्व २ दिन मनाईन्छ । देशका हिमालीसहित पहाडी जिल्लाहरुमा अघिल्लो दिन होली मनाइँदै छ । त्यसको भोलीपल्ट तराईमा होली पर्व मनाईन्छ । होलीमा रंगहरु पानीमा मिसाएर वा सुख्खा रंगमात्र छिट्ने वा छर्कने, दल्ने गरेर यो पर्व मनाईन्छ । साथीभाई इष्टमीत्र आफन्त एक अर्कामा बडो रौनकका साथ रंग दल्ने चलन छ ।

यसो गर्न आँखा जोगाउँ हम्मे हम्मे पर्छ हाम्रो आँखा अति संवेदनशील छ । यसको सुरक्षाका लागि सोच्न जरुरी छ । होलीको रंगले छाला र आँखामा असर पार्दछ । रंगहरु सिधै आँखामा पर्दा यसले गम्भीर संकट निम्त्याउन सक्दछ । त्यसैले आँखालाई हानि नपुर्‍याउन केही सावाधनी अपनाउँन जरुरी छ । जुन यस्ता छन् ।

चस्माको प्रयोग : होलीमा रंग खेल्दा रंगबाट आँखालाई बचाउन चस्मा लगाउनु उत्तम हो । चस्माले तपाईलाई आकर्षकपनि देखाउँछ । आँखापनि बचाउँछ । यो आँखाको सुरक्षा कवजको रुपमा रहन्छ । पुरै आँखा ढाक्ने भएकाले यो आँखाको रक्षक हो ।

 

प्राकृतिक रंगको प्रयोग : होली खेल्ने रंग प्राकृतिक रुपमा आफैले बनाएको भए अति उत्तम । हाम्रो प्रकृतीमा अनेक रंगका बनस्पतीहरु छन् । तिनिहरुको धुलो वा रस रंगको रुपमा प्रयोग गर्न सकिन्छ । यसमा कुनै रासायनिक मिसावट नभएकाले छाला र आँखामा कुनै असर गर्दैन ।

 

स्वइच्छा : होलीको रंग लगाउँन कसैलाई पनि जबरजस्ती गर्नु हुँदैन । जबरजस्ती झम्टिएर लगाउँन खोज्दा आँखामा पर्ने, आँखामा चोट लाग्न सक्ने हुँदा अति जोगिनुपर्नेछ । अझ आँखा पाकेका ब्यक्तिलाई त भुलेर पनि आँखामा पर्न दिनुहुँदैन । यसले गम्भीर असर गर्छ ।

 

तत्काल सफा गर्ने : रमाईलो गर्ने क्रममा यदि भुलवस आँखामा रंग गयो भने तत्काल सफा पानिले धुनुहोस् । धुँदा खेरी कुनै कुरा प्रयोग नगर्नुहोस् । सफा पानीले मात्र धुनुहोस् ।

 

घरेलु उपाय : यदी रंग पर्यो । सफा गरिसकेपछि आँखा चिलाउन थाल्यो । रातो भयो भने कपासमा चिसो दुध राखेर आँखाको ढकनी माथि राख्नुपर्दछ । काक्राको टुक्रा काटेर ढकनी माथी राख्नुभयो भनेपनि लाभ हुन्छ ।

 

घरेलु विधि : अझै आँखा भित्र केही कण जस्तो महशुस भएमा सफा पानिमा टाउको डुबाएर आँखा खोलेर दायाँ बायाँ हेर्ने गर्नु पर्दछ । तर यस अघि अनुहारको सबै रंग धुनुपर्दछ ताकि पानिमा रंग घुल्न नपाओस् । सफा बनाएर पानीमा आँखा डुब्नेगरी अनुहार डुबाएर आँखा खोलेर दाँया बाँया हेर्न थाल्यो भने आँखामा कुनै कण भए निस्किनेछ ।

 

चिकित्सकसँग जानुहोस् : घरेलु विधि सकाउँदासम्मपनि यदि आँखा बिजाइरह्यो, पोलिरह्यो वा रातो भइरह्यो भने चिकित्सकको परामर्श लिन जानुहोस् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु