सोमबार ‘शिवजी‘को दिन हो। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ। कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

ज्योतिषको अनुसार, सोमबार अर्थात आजको दिन भगवान शंकरको लागि सबैभन्दा महत्वपुर्ण दिन हो । सोमबारको शास्त्रहरुमा निकैं महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ । हरेक हप्ताको सोमबार आफैंमा एक महत्वपुर्ण दिन हो,यसलाई अर्को अर्थमा भगवान शंकरको दिन पनि भन्ने गरिन्छ । आजको दिनमा भगवान शंकरका भक्तहरुका लागि धेरै फलदायी मानिन्छ। यसैले, यस दिन मान्छे शिव शंकर को उपासना संग विभिन्न प्रकार को उपचार गर्छन, ताकि उनिहरुलाई भोलेनाथको आशीर्वाद प्राप्त होस ।

सोमबार अर्थात भगवान शिवको दिन । यस दिनलाई भगवान शिवको पूजाआज, भक्तिभाव, श्रद्धाको दिन पनि भनिन्छ । सोमबार भगवान शिव पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने, मठमन्दिर जाने गरिन्छ । हरेक हप्ताको सोमबारलाई विशेष दिन मानिन्छ । भगवान शिवको अनेक नाम छ । शंकर, भोलेनाथ, महादेव, आदिनाथ । यस्ता थुप्रै नामले भगवान शिवलाई पुकारिन्छ । भगवान शिवको स्वरुप जति अर्थपूर्ण छ, उनको नाम उत्तिकै रहस्यमयी पनि । अतः यहाँ भगवान शिवको १३ रहस्य उल्लेख गरिएको छ ।

आदिनाथ शिव : सर्वप्रथम शिवले नै धर्तीमा जीव्नको प्रचार(प्रसार गरिएको मानिन्छ । त्यसैले उनलाई ‘आदिदेव’ भनिएको हो । आदिको अर्थ प्रारम्भ । आदिनाथ हुनुको कारण उनको एक नाम आदिश पनि हो ।

शिवको अस्त्र–शस्त्र : शिवको धनुष पिनाक, चक्र भवरेन्दु र सुदर्शन, अस्त्र पाशुपतास्त्र र शस्त्र त्रिशूल हो । यि सबैको उनले नै निर्माण गरेको मान्यता छ ।

शिवको नाग : शिवको गलामा नाग देखिन्छ । अर्थात नागको माला लगाएको देखिन्छ । उक्त नागको नाम वासुकि हो । वासुकिको ठूलो दाजुको नाम शेषनाग हो ।

शिवको अर्द्धाङ्गिनी : शिवको पहिलो पत्नी सतीले नै अर्को जन्ममा पार्वतीको रुपमा जन्म लिएकी थिइन् । उनलाई उमा, उर्मि, काली पनि भनियो ।

शिवको पुत्र : शिवको प्रमूख ६ पुत्र थिए, गणेश, कार्तिकेय, सुकेश, जलन्धर, अयप्पा र भूमा । सबैको जन्मको कथा रोचक छ ।

शिवको शिष्य : शिवका सात शिष्य थिए । जसलाई प्रारम्भिक सप्तऋषि मानियो । यी ऋषिले शिवको ज्ञान सम्पूर्ण धर्तीमा प्रचार गरेका थिए । त्यहीबाट भिन्न भिन्नै धर्म र संस्कृतिको विकास भएको मानिन्छ । शिवले नै गुरु र शिष्य परम्पराको सुरुवात गरेका थिए । शिवको शिष्य हो, बृहस्पति, विशालाक्ष, शुक्र, सहस्राक्ष, महेनद्र, प्राचेतस मनु, भरद्वाज । यसका साथै आठौं गैरशिरिस मुनी पनि थिए ।

शिवको गण : शिवले गणमा भैरव, वीरभद्र, मणिभद्र, चन्दिस, नन्दी, शृंगी, भृगिरिटी, शैल, गोकर्ण, घन्टाकर्ण र विजय प्रमुख हुन् । यसका साथै पिशाच, दैत्य र नाग नागिन, पुश पनि शिवको गण मानिन्छ । शिवगण नन्दीले कामशास्त्रको रचना गरेको पाइन्छ । कामशास्त्रको आधारमै कामसूत्र लेखिएको थियो ।

शिव पञ्चायत : भगवान सूर्य, गणपति, देवी, रुद्र र विष्णु यी शिव पञ्चायत भनिन्छ ।

शिवको द्वारपाल : नन्दी, स्कन्द, रिटी, वृषभ, भृंगी, गणेश, उमा महेश्वर र महाकाल ।

शिव पार्षद : ज्सरी जय र विजय विष्णुको पार्षद हुन् । उसैगरी बाण, रावण, चन्ड, नन्दी, भृंगी आदि शिवको पार्षद हुन् ।

सबै धर्मको केन्द्र शिव : शिवको वेशभूष यस्तो छ कि, प्रत्येक धर्मको मान्छेले त्यहाँ आफ्नो प्रतिक खोज्न सक्छन् । मुशरिक, यजीदी, साबिईन, सुबी, इब्राहीमी धर्ममा शिव हुनेको छाप स्पष्ट रुपमा देख्न सकिन्छ । शिवको शिष्यले एक यस्तो परम्पराको सुरुवात गरेका थिए, जो पछि गएर शैव, सिद्ध, नाथ, दिगंबर, सूफी सम्प्रदायमा विभक्त भयो ।

देवता र असुर दुबैको प्रिय शिव : भगवान शिवलाई देवता र असुर, दानव, राक्षस, पिशाच, गन्धर्व, यक्ष आदि सबैले पूजा गर्छन् । ऊ रामलाई पनि वरदान दिन्छ, रावणलाई पनि । उनले भस्मासु, शुक्राचार्य आदि केही असुरलाई बरदान दिएका थिए । शिव, सबै आदिवासी, वनवासी जाति, वर्ण, धर्म र समाजको सर्वोच्व देवता हो ।

शिव चिन्ह : वनवासीदेखि लिएर सबै साधरण व्यक्तिले जुन चिन्हको पूजा गरिन्छ, ति पत्थरको ढोल, बटिया शिवको चिन्ह मानिन्छ । यसका साथै रुद्राक्ष, त्रिसुललाई पनि शिवको चिन्ह मानिनछ । कसैले डमरु र अर्द्ध चन्द्रलाई शिवको चिन्ह मान्छन् । अहिले धेरैजसोले शिवलिंग अर्थात शिवको ज्योति पूजा गर्छन् ।

के हो शिव स्वरुपको अर्थ ?

शिव भगवान भन्नसाथ कम्मरमा बाघको छाला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रिसुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, जटाधारी आकृति सम्झन्छौ । आखिर शिव भगवानलाई यस्तो रुप दिनुको के अर्थ होला ? शिव स्वरुपको रचना विशिष्ठ एवं अर्थपूर्ण छ । शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतिक मानिएको छ । उनले कम्मर मुनी बाघको छाला बाँधेका छन् । बाघ हिं साको प्रतिक हो ।

 

त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिं सालाई दबाउनुपर्छ भन्ने हो । त्यस्तै, शिवजीको आकृतिमा समानन्तर तीन वटा आँखा हुन्छ । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ । त्रिसुलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ । सर्पले पर्यवरणमा रहेको वि षाक्त प दार्थलाई आफ्नो गलामा समाहित गर्छ । शिवजीले सर्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु