काठमाडौं। लामो समय देखि यु द्धग्र स्त क्षेत्रका रुपमा चिनिएको सिरियामा ३० जनाको ज्यान गएको छ । ईन्धन ट्याङकरमा दुईवटा बससँग ठक्कर खाँदा यति धेरै मानवीय क्षति भएको हो । यस दुर्घटनामा ३० व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

 

स्थानीय मिडियाका अनुसार दुर्घटना राजधानी दमास्कसको दमास्कस–होम्स राजमार्गको बगदाद पुल नजिकै भएको थियो । धेरै कार र अन्य सवारी साधनहरु पनि दुर्घटनाबाट परी प्रभावित भए । अधिकारीहरूले धेरै घाइतेलाई अस्पतालमा भर्ना गरेका छन् । ती मध्ये धेरैको अवस्था गम्भीर छ । दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन ।

मार्च २०११ मा सिरियामा गृ हयु द्ध सुरु भएदेखि ठुनो मानविय क्षति भएको छ । ठूलो संख्यामा मानिस घरबारविहीन भएका छन् । जानकारी अनुसार आधा करोड अर्थात ५० लाख भन्दा बढी सिरियन नागरिकले देश छोडेर जानुपरेको छ । करिब ६० लाख मानिसहरू देश भित्र विस्थापित भएका छन् ।

 

१० करोड ३० लाख भन्दा बढी मानिसहरूलाई बाँच्नको लागि सहयोग चाहिएको छ । मार्च २०१८ सम्मको संयुक्त राष्ट्र संघको तथ्याङकका अनुसार आठ बर्षदेखि भइरहेको यु द्धको कारण करीव ५६ लाख मानिस शरणार्थी भएका छन् । शरणार्थीमध्य धेरै टर्कीमा शरण लिएर बसेका छन, भने केही युरोप पसेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु