काठमाडौ । अहिले कोरोना भाइरसको जोखिमले राजधानीलगायत मुलुकभरका उपभोक्ता रित्तो सिलिन्डर भर्न लाइनमा बस्न थालेपछि नेपाल आयल निगमले होलीको बिदामा पनि ग्याँस आयात गर्ने भएको छ। निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले काठमाडौँ उपत्यकालगायतमा उपभोक्ताको मागलाई पूरा गरी उपभोक्तामा रहेको आवश्यक बेलामा नपाइनसक्ने त्रास चिर्न होलीको बिदाको दिन पनि ग्याँस आयात गर्न लागिएको हो ।

अहिलेको बजारमा देखिएको कृत्रिम अभाव चिर्नकै लागि सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि नुनलगायत अत्यावश्यक बस्तु आगामी १० महिनासम्म पुग्ने प्रयाप्त मौज्दात रहेको बताएको छ । राजधानी दैनिकमा खबर छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कुमरखोदमा कोरोना स्वास्थ्य सहायता कक्ष : दक्षिणी झापाको नेपाल–भारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड–१९) स्वास्थ्य सहायताकक्ष स्थापना गरिएको छ । झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सो कक्षको शुभारम्भ गर्दै भाइरसको जोखिम हुन नदिन सबै सचेत हुन र सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले सो भाइरसको जोखिम रोक्न कक्ष स्थापना गरिएको जानकारी दिनुभयो । सो कक्षमा दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतले पनि डिगलबैंकमा सो कक्ष स्थापना गरिसकेको जनाइएको छ । सो भाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदानप्रदानसमेत गरेका छन् । उच्च ज्वरो, श्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएकालाई अस्पताल पठाइने व्यवस्था मिलाइएको शाखा प्रमुख विश्वकर्माले बताउनुभयो ।

सम्बन्धित खबरहरु